Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

डिफेन्डिङ च्याम्पियन थ्रीस्टारलाई हराउँदै हिमालयन शेर्पा सेमीफाइनलमा

डिफेन्डिङ च्याम्पियन थ्रीस्टारलाई हराउँदै हिमालयन शेर्पा सेमीफाइनलमा

  • सन्देश सम्वाददाता
  • बुधबार, फाल्गुन २९ २०७५


डिफेन्डिङ च्याम्पियन थ्रीस्टारलाई हराउँदै हिमालयन शेर्पा सेमीफाइनलमा

इलाम । सुरुवाती अग्रता जोगाउन नसक्दा डिफेन्डिङ च्याम्पियन रुस्लान थ्रीस्टार क्लब इलाममा जारी माइभ्याली गोल्डकपको क्वाटरफाइलनबाटै पराजित भएको छ । थ्रीस्टारलाई हिमालयन शेर्पाले हराएको हो । कप्तान अनिल गुरुङले थ्रीस्टारलाई सुरुवाती अग्रता दिलाएका थिए । बिजय धिमालको क्रसलाई अनिलले भलि गोल गर्दै आफनो टिमलाई अग्रता दिलाएका थिए । १–० ले पछि परेको ५ मिनेट नवित्दै बिजय श्रेष्ठले खेल बराबरीमा ल्याए ।

दोश्रो हाफमा समेत थ्रीस्टारमाथी दबाब राखेको हिमालयनले ६८ औ मिनेटमा त्रिवेद गुरुङले अग्रता दिलाए । विसन गुरुङको कर्नर प्रहारलाई त्रिदेवले सोझै जाली चुमाए । खेलको ७३ औ मिनेटमा थ्रीस्टारका बिजय धिमाललाई छलाउँदै सुनिल खडकाले आफनो टिमलाई ३–१ को जित दिलाए । हिमालयन शेर्पा क्लब हङकङ नेप्लिज फुटबल एकाडेमीलाई ५–१ गोल अन्तरले हराउँदै क्वाटरफाइनल पुगको थियो । खेलमा पाएका केही राम्रा अवसरलाई दुवै टिमले सदुपयोग गर्न सकेनन्् । प्रतियोगिता अन्र्तगत भोली क्यामरुनी क्लब दाफिन्सले विभागीय टिम एपिएफको सामना गर्नेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार