Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

मर्मत गर्न १ महिनाका लागि बन्द नयाँबजार चीज कारखाना २ महिनामा पनि मर्मत भएन

मर्मत गर्न १ महिनाका लागि बन्द नयाँबजार चीज कारखाना २ महिनामा पनि मर्मत भएन

  • राेशन काफ्ले
  • सोमबार, फाल्गुन २७ २०७५


मर्मत गर्न १ महिनाका लागि बन्द नयाँबजार चीज कारखाना २ महिनामा पनि मर्मत भएन

नयाँबजार ।  काराखाना मर्मतका लागि एक महिनाका लागि बन्द गरिएको नयाँबजार चीज कारखाना २ महिना बित्न लाग्दा पनि काम शुरु भएको छैन । कारखाना र चीज स्टोर मर्मत गरेर मात्रै संचालन गर्न दुग्ध विकास संस्थान चीज व्यवस्थापन शाखा प्रमुख गोकर्ण बहादूर बस्नेतले कारखाना बन्द गर्न निर्देशन दिएका थिए ।
मर्मतका लागि एक महिना बन्द गर्न पुष १६ गते पत्र पठाएपछि माघ एक गतेबाट माईजोगमाई गाउँपालिकास्थित नयाँबजार चीज काराखाना बन्द भएको थियो । माघ महिनाको पहिलो हप्तानै इञ्जिनियर आएर सर्भे गरि मर्मत गर्ने र माघभरिमा निर्माणको काम सक्ने गरि पत्र पठाइएपनि इञ्जिनियर चीज व्यवस्थापन शाखाले नपठाउँदा काराखाना २ महिनादेखि बन्द भएको हो ।
दुग्ध विकास संस्थानको नयाँबजार चीज उत्पादन केन्द्रमा दैनिक ६ सय देखि ८ सय लिटरसम्म दूध संकलन भएर चीज प्रशोधन हुँदै आएको थियो । कारखाना बन्द भएपछि अहिले किसानबाट संकलन हुँदै आएको गाईको दूध सूर्योदय नगरपालिका १० स्थित संस्थानकै चिस्यान केन्द्रमा पु¥याइँदै आएको छ ।
नयाँबजार चीज उत्पादन केन्द्रको स्थलगत निरिक्षण गरेका दूग्ध विकास संस्थान गोकर्ण बहादूर बस्नेतले एक महिनामा मर्मतको काम सक्ने योजएपनि इञ्जिनियरको फुर्सद नहुँदा समस्या भएको बताउनुभयो । वहाँले सोमबार काठमाडौँबाट इञ्जिनियर पठाउने र मर्मतको काम थाल्ने जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार