Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

मेयरको उम्मेद्वार परिर्वतन भएकाे भन्दै इलाम क्षेत्र न‌म्बर १ काे काँग्रेस क्षेत्रीय समितिकाे राजीनामा

मेयरको उम्मेद्वार परिर्वतन भएकाे भन्दै इलाम क्षेत्र न‌म्बर १ काे काँग्रेस क्षेत्रीय समितिकाे राजीनामा

  • सन्देश सम्बाददाता
  • शुक्रबार, जेष्ठ २६ २०७४


मेयरको उम्मेद्वार परिर्वतन भएकाे भन्दै  इलाम क्षेत्र  न‌म्बर १ काे काँग्रेस क्षेत्रीय समितिकाे राजीनामा

इलाम । आसन्न स्थानिय तहको निर्वाचनका लागी सुर्योदय नगरपालिकाको मेयरको उम्मेद्वार केन्द्रिय समितीले परिर्वतन गरेको भन्दै नेपाली काँग्रेस क्षेत्र नं १ का बहुमत सदस्यले राजिनामा दिएका छन ।

क्षेत्रिय कार्य समितीका २० मध्ये १५ जना सदस्यले राजिनामा दिएका हुन । राजिनामा दिनेमा सभापती दुर्गा बराल, उपसभापति श्याम कार्की, सचिव हरिकला श्रेष्ठ र राजकुमार लिम्बु, कोषाध्यक्ष पुर्ण मुखिया सदस्यहरु मेनुका प्रधान, नरेन्द्र सापकोटा, सोनाम छिरिङ काजी, बिमल प्रधान, ज्ञानु राई, अर्जन पोखरेल, हिरा बहादुर लाप्चा, हरि बुढाथोकी, राजु बम्जन र पुष्प कार्की रहेका छन । नेपाली काँग्रेस जिल्ला कार्य समिती इलामले सुर्योदय नगरपालिकाको मेयरमा क्षेत्रिय सभापती दुर्गा बरालको नाम सिफारिस गरेर पठाएकोमा केन्द्रिय समितीले महासमिती सदस्य प्रेमलाल चाम्लिङको नाम अनुमोदन गरेर पठाएपछि क्षेत्रिय समितीका सभापती सहितले राजिनामा दिएका हुन ।

केन्द्रले जिल्लाले पठाएको नामाबली स्विकृत नगरेसम्म क्षेत्रिय समितीले पार्टीको कुनै पनि गतिविधी नगर्ने सभापती दुर्गा बरालले बताए । यता उपमेयरमा भने जिल्लाले सिफारिस गरेको बन्दना अधिकारीको नामलाई केन्द्रिय समितीले अनुमोदन गरेर पठाएको छ । नेपाली काँग्रेस जिल्ला समितीले १ साताभन्दा लामो कसरतपछि सवै स्थानिय तहको नामावली सर्वसम्मत रुपमा केन्द्रिय समितीमा पठाएको थियो । उमेद्धवार पिरवर्तन भएकाे खबर पाएपछि पार्टी कार्यलयमा भेला भएका तीन सय बढी कार्यकर्ताले आक्रोस पोखेका थिए ।

नेतृत्वले संगठनमा काम गरेका कार्यकर्तालाई पाखा लगाएको  निर्णय नसच्चिए सामुहिक रुपमा नेपाली काग्रेस पार्टी परित्याग गर्ने बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार