Local Sandesh बिहिबार, असोज २२ २०८३
  • ट्रेण्डिङ :

फाकफोकथुम–३ मा रास्वपाको वडा तदर्थ समिति गठन

फाकफोकथुम–३ मा रास्वपाको वडा तदर्थ समिति गठन

  • लिला बहादुर लिम्बु
  • बिहिबार, असोज २२ २०८३


फाकफोकथुम–३ मा रास्वपाको वडा तदर्थ समिति गठन

फाकफोकथुम : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलामको फाकफोकथुम गाउँपालिका–३ मा जनक लाल दाहालको नेतृत्वमा ११ सदस्यीय वडा तदर्थ समिति गठन गरेको छ। पार्टीको वडा संगठनलाई विस्तार गर्दै जनसरोकारका विषयलाई प्राथमिकताका साथ उठाउने उद्देश्यसहित दाहालको नेतृत्वमा वडा तदर्थ समिति गठन गरिएको हो। नवनिर्वाचित समितिको उपसभापतिमा तेजु मगर र सचिवमा देउकुमार खड्का चयन भएका छन्।

रास्वपा फाकफोकथुम गाउँपालिका सभापति इन्द्रप्रसाद अधिकारीको अध्यक्षतामा भएको भेलामा पार्टीका जिल्ला सचिव तारा प्रसाद आचार्य र जिल्ला सदस्य प्रतिक बोहोरा ‘प्रकाश’को उपस्थितिमा समिति गठन गरिएको जिल्ला सदस्य बोहोराले जानकारी दिए। समितिका सदस्यहरूमा रिमा दर्नाल (महिला तथा दलित), याम चेम्जो, सन्तकुमार पौडेल, चन्द्रबहादुर पौडेल, भुवन दाहाल, मनोज खनाल, जय नारायण दर्नाल र कुलप्रसाद भट्टराई रहेका छन्।

भेलालाई सम्बोधन गर्दै जिल्ला सचिव आचार्यले वडा तहमा पार्टी संगठनलाई थप सुदृढ, व्यवस्थित र सक्रिय बनाउँदै स्थानीय जनताका सवाल तथा समस्यालाई प्राथमिकताका साथ उठाउनुपर्नेमा जोड दिए। उनले सुशासन, पारदर्शिता, जवाफदेहिता र जनमुखी राजनीतिक अभ्यासलाई वडा तहसम्म प्रभावकारी रूपमा स्थापित गर्नुपर्ने धारणा राखे।

प्रतिक्रिया
सम्बन्धित समाचार