Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

झापा गोल्डकप : तेश्रो पटक थ्रीस्टार विरुद्ध सेमीफाइनल भिडदै झापा एघार

झापा गोल्डकप : तेश्रो पटक थ्रीस्टार विरुद्ध सेमीफाइनल भिडदै झापा एघार

  • नमीन ढकाल
  • शुक्रबार, फाल्गुन २४ २०७५


झापा गोल्डकप : तेश्रो पटक थ्रीस्टार विरुद्ध सेमीफाइनल भिडदै झापा एघार

इलाम । झापा गोल्डकपको चौथो संस्करणमा फाइनल प्रवेशका लागी घरेलु टिम मगमग झापा–११ र रुस्लान थ्रीस्टार तेश्रो पटक आमने सामने हुँदैछन । घरेलु मैदानमा आयोजित प्रतियोगिताको यसअघिका ३ बटै संस्करणको फाइनल पुगेको घरेलु टोली झापा–११ डोमलाल राजवंशी रंगशालामा थ्रीस्टार विरुद्ध हावी हुदै आएको छ । 
झापा गोल्डपको पहिलो र तेश्रो संस्करणको फाइनल प्रवेशका लागी भएको खेलमा थ्रीस्टार पराजित बनेको थियो । एन्फाको कमजोरीका कारण एएफसी कपको दोश्रो चरण खेल्न नपाएपछि घरेलु फुटबलबाट टाढिएको थ्रीस्टार खप्तड गोल्डकपको दोश्रो संस्करणबाट कम्व्याक गरेको थियो । धनगढीमा सम्पन्न प्रतियोगितामा ३–१ ले झापालाई हराउँदै थ्रीस्टार घरेलु फुटबलमा फर्किएको थियो । ४ बर्षपछि भएको शहिद स्मारक लिग २०७५ मा तेश्रो स्थानमा रहेको थ्रीस्टार त्यसपछिका प्रतियोगितामा फर्ममा रहेको छ भने घरेलु टिम झापाले लय गुमाउदै गएको छ ।
मोफसलमा आयोजित ९ बटा मध्ये ५ वटा फुटबल प्रतियोगितामा सहभागीता जनाएको थ्रीस्टारले सिमरा गोल्डकपको १० औ संस्करण र आहाराराको १७ औ संस्करणको उपाधी जित्न सफल भएको छ भने खप्तड गोल्डपको तेश्रो संस्करण र इटहरीको मदन भण्डारी गोल्डकपमा उपविजेता बनेको थियो । यता झापा ३ बटा मध्ये फाल्गुनन्द गोल्डकपको उपाधी जित्न बाहेक अन्य प्रतियोगिताको सेमीफाइनल भन्दा माथी पुग्न सकेको छैन । विशाल मेमोरियल गोल्डकपको सेमीफाइनलमा विभागीय टिम आर्मीसंग ६–१ को फराकिलो हार व्यहोरेको झापा तिलोत्तमा गोल्डकपको २१ औ संस्करणमा क्वाटरफाइनल खेलमा क्यामरुनी टोली डाफिन्ससंग ५–० ले पराजित बनेको थियो ।
झापा गोल्डकपको जारी संस्करणमा घरेलु टोलीले सेमीफाइनल प्रवेशका लागी पाहुना टोली हङकङ नेप्लिज फुटबल एकाडेमी बिरुद्ध १–० को संर्घषपुर्ण जित निकालेको थियो । जारी प्रतियोगितामा झापाको टिमबाट शहिद स्मारक लिगमा सहभागी ५ जना च्यासल क्लबका खेलाडी आवद्ध छन । भने थ्रीस्टार क्लबसंग अधिकाँश खेलाडी शहिद स्मारक लिगमा सहभागी सेटकै छन ।
तस्विर : तेश्रो संस्करणको झापा गोल्डकपको सेमीफाइनल भिडदै झापा एघार र थ्रीस्टार

प्रतिक्रिया
सम्बन्धित समाचार