Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

दाफिन्सको जितसंगै मगमग झापा गोल्डकपको सेमीफाइनल समिकरण पुरा

दाफिन्सको जितसंगै मगमग झापा गोल्डकपको सेमीफाइनल समिकरण पुरा

  • सन्देश सम्वाददाता
  • बिहिबार, फाल्गुन २३ २०७५


दाफिन्सको जितसंगै मगमग झापा गोल्डकपको सेमीफाइनल समिकरण पुरा

विर्तामोड । विहिबारको खेलमा क्यामरुनको दाफिन्स क्लब बिजयी भएसंगै मगमग झापा गोल्डकपको सेमीफाइनल समिकरण पुरा भएको छ । दाफिन्सले लाली रुपन्देही–११ लाई २–० ले हराएसंगै सेमीफाइनल भिडने टिम पक्का भएको हो । सेमीफाइनलमा दाफिन्सले विभागीय टिम त्रिभुवन आर्मीको सामना गर्नेछ । दाउफिन्सले खेलको ३८ औं मिनेटमा अग्रता लिएको थियो । रुपन्देहीका पेपी अडामाले दाफिन्सका मिसोउली इटिग्नेलाई डि बक्सभित्र फाउल गरेपछि पाएको पेनाल्टीलाई सदुपयोग गर्दै पेट्न्गाले अग्रता दिलाएका थिए ।
खेलका् ८७ औं मिनेटमा मैदानको मध्यभागबाट मिसोउली इटिग्नेले गरेको प्रहारले जाली चुमेसँगै दाउफिन्सले अग्रता दोब्बर बनायो । रुपन्देहीका गोलरक्षक अजित प्रजापती अगाडी बढेको मौका छोप्दै इटिग्नेले पोष्टमा प्रहार गरेका थिए । खेलको अधिकांस समय रुपन्देहीले बललाई आफ्नो पकडमा राख्न सफल भए पनि पोष्टमा गरेको प्रहार फितलो हुँदा गोल गर्ने अवसरबाट बञ्चित भयो । खेलको २३ औं मिनेटमा रुपन्देहीका लागि बिदेशी खेलाडी मन्सा विअभोगीले डि एरियामा मिलाई दिएको पासलाई निरबहादुर बलले कडा प्रहार गरे पनि दाउफिन्सका गोलरक्षक प्रिसो जाङगाले उत्कृष्ठ बचाउ गरेका थिए ।
३२ औं मिनेटमा दाउफिन्सका टिना टिनाले खाली पोष्टमा गोल गर्न सकेनन् । ७७ औं मिनेटमा टिना टिनाले वान भर्सेस वान गोल गर्न सकेनन । खेलको म्यान अफ द म्याच बिजेता टीम दाउफिन्सका मिसोउली इटिग्ने घोषित भए । उनले नगद १५ हजार रुपैंयाँ पुरस्कार पाए । पछिल्लो समय दाफिन्सले घरेलु फुटबलमा आफुलाई पावर हाउसको रुपमा उभ्याएको छ । यो सिजनमा सहभागीता जनाएको ६ मध्ये ३ वटा प्रतियोगिता जित्दै उपाधीमाथी ह्रयाट्रिक जनाएको छ । तिलोतमा, पोखरा र बुढासुब्बा गोल्डकपको उपाधि दाफिन्सले हात पारिसकेको छ ।
पहिलो सेमीफाइनलमा झापा–११ र रुस्लान थ्रीस्टार भिडदै
शुक्रबारको पहिलो सेमीफाइनल खेल मगमग झापा ११ र रुस्लान थ्रि स्टार क्लबबीच हुने छ । खेलपछि भएको पोष्ट म्याच कन्फ्रेन्समा बोल्दै बिजेता टीम दाउफिन्सका मेनेजर आशिक थापा मगरले टीमले सन्तोषजनक नतिजा दिएको बताए । उनले दाफिन्सले रफ खेल्छ भन्ने आरोपको खण्डनका लागि पनि खेलाडीलाई सचेत गराएकाले राम्रो खेल प्रस्तुत गरेको बताए । पराजित टीम रुपन्देहीका प्रशिक्षक दयाराम सापकोटाले शुरुमा स्कोर गर्न पाएको अवसर सदुपयोग हुन नसकेपछि दवावमा खेल्नु परेको हुनाले परिणम आफ्नो पक्षमा नपरेको बताए । उनले शारिरिक रुपमा बलिया खेलाडीसँग आफ्ना खेलाडीले सन्तोषजनक प्रदर्शन गरेको बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार