दानाबारी । इलामको दक्षिणि माई नगरपालिकामा प्रथम शहिद लखन थापभा स्मृति फुटबल प्रतियोगिता सम्पन्न भएको छ । नेपाल मगर संघ नगर कार्यसमितिको आयोजनामा फागुन २ गतेबाट आयोजना भएको प्रथम नकआउट लखन थापा फुटवल प्रतियोगितामा २४ टिमको सहभागिता रहेको थियो ।
![]()
बुधबार सम्पन्न फाइनल खेलमा झापाको अर्जुनधारा ३ को खुदुनाबारी स्पोटिङ्ग क्लवलाई हराउँदै माई नगरपालिका ६ को अल्लारे युवा क्लबले उपाधि हात पारेको छ । २ का विरुद्ध ४ गोल गर्दै अल्लारे युवा क्लवले उपाधि हात पारेको हो । उपाधिसँगै अल्लारे युवा क्लवले ५१ हजार नगद सहितको उपाधि हात पारेको छ भने उपविजेता भएको खुदुनाबारी स्पोटिङ्ग क्लबले २१ हजार नगद सहित पुरस्कार उप विजेताको उपाधि प्राप्त गरेको छ ।
नेपाल मगर संघ माई नगरपालिकाका अध्यक्ष ज्ञान बहादूर गुर्मछाने मगरको अध्यक्षतामा भएको प्रतियोगिता समापनको इलाम क्षेत्र नम्बर २ को एकका प्रदेश सासंद राम राना, इलाम क्षेत्र नम्बर २ प्रदेश सासंद काजिमान कागते र माई नगरपालिकाका प्रमुख दिपक थेवेले संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो । उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि राम रानाले आफ्नो संस्कृति र भाषा संरक्षणका लागि मगर संघले रचनात्मक काममा प्रदेश सरकारको सधै सहयोग हुने बताउनुभयो । माई नगर क्षेत्रको विकास र सवृद्धिका लागि प्रदेश सरकारले काम गरिरहेकाले आगामि आर्थिक वर्षमा बजेटको व्यवस्थाका लागि पहल गर्ने सासंद रानाले बताउनुभयो ।
कार्यक्रममा बोल्दै अर्का प्रदेश सासंद काजिमान कागतेले देशमा तीन तहका सरकार बनेर काम सुरु गरेरकाले चाँडै जनताले परिवर्तनको अनुभुति पाउने बताउनुभयो । विभिन्न जातिको संगमस्थल रहेको प्रदेश नम्बर एकमा आफ्नो संस्कृति र पहिचानका लागि मगर संघले फुटवल प्रतियोगिता गरि रचनात्मक काम गरेकोमा प्रसंसा गर्दै सासंद कागतेले अझैपनि जातियताका नाममा राजनीति गरिरहेकाले सजग हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा माई नगरपालिकामा बस्ने वयोवद्ध ९९ वर्षिय मान बहादूर रैका मगर, माई नगरपालिकाका प्राविधिक प्रदिप सिञ्जालि मगर, शिक्षक धन बहादूर थापा मगर र स्थानीय लक्ष्वण आले मगरलाई सम्मान गरिरहेको थियो । प्रतियोगिताको उद्घाटन सत्रमा विभिन्न जातिय संस्थाले सास्कृतिक नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा माई नगरपालिकाका प्रमुख दिपक थेवे, उपप्रमुख विष्णुमाया रिमाल आर्चाय, नमुना सामुदायीक वन उपभोक्ता समुहका अध्यक्ष छविलाल आचार्य, मगर संघका केन्द्रिय सदस्य भक्त लुङ्गेली मगर, अनिल तामाङ्ग लगायतले आफ्नो संस्कृति संरक्षणका लागि रचनात्मक काम गरेकामा खुसि व्यक्त गरेका थिए ।