Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

झापा गोल्डकपको कारण माइभ्याली गोल्डकपको आयोजना मिती तीन दिन सर्यो

झापा गोल्डकपको कारण माइभ्याली गोल्डकपको आयोजना मिती तीन दिन सर्यो

  • नमीन ढकाल
  • बुधबार, फाल्गुन ८ २०७५


झापा गोल्डकपको कारण माइभ्याली गोल्डकपको आयोजना मिती तीन दिन सर्यो

इलाम । आगामी फागुन २३ गतेबाट पुर्वी पहाडको प्रतिष्ठित अन्तराष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकपको पाँचौ संस्करणको प्रतियोगिताको लागी आयोजकहरुले मैदान सम्याउने, पारापिट बनाउने मात्र नभइ प्रतियोगितामा सहभागीता जनाउने १० वटा क्लबको टुङगो लगायतका ८० प्रतिशत काम सम्पन्न गरेका थिए । तर प्रतियोगिताको आयोजना मिती ३ दिनलाई पछाडी धकेलियो । कारण थियो छिमेकी जिल्ला झापाको झापा गोल्डकप चौथो संस्करणसंग माइभ्यालीको मिती जुध्नु । एन्फाले तय गरेको गोल्डकपको आयोजना मिती अनुसार माइभ्याली फागुन २३ बाट सुरु हुनेपर्ने थियो । तर झापा गोल्डकप आगामी १८ गतेबाट २७ गतेसम्म संचालन हुने भयो । जसको असर माइभ्याली गोल्डकपमा परेको हो । दुवै प्रतियोगितामा सहभागीता जनाउने ४ भन्दा बढी टिम एउटै छन ।
माइभ्याली गोल्डकप आयोजक समितीका अध्यक्ष धिरेन चेम्जोङ झापा गोल्डकपको मितीका कारण माइभ्यालीको मिती सरेको स्विर्काछन । ‘झापा गोल्डकपको फाइनल २७ गते पुग्दा हाम्रो आयोजनालाई समेत प्रभाव प¥यो माइभ्यालीमा सहभागी टिम मध्ये आयोजक र दार्जिलिङ बाहेकका अन्य केही टिम झापा गोल्डकपमा समेत सहभागी हुने तय भएको छ ।’ उनले भने ‘ फागुन २३ गतेको प्रतियोगिताको लागी २२ गतेको झापाको खेलका आधारमा टाइसिट बनाउने कुरो पनि भएन । त्यसैले प्रतियोगिताको मिती सार्नुप¥यो ।’
एन्फाले तय गरेको देशका २३ वटा गोल्डकप प्रतियोगिताको तालिका अनुसार फागुन १५ गतेबाट २५ गतेसम्म झापा गोल्डकपको लागी मिती तय गरिएको थियो । तर लोकल सन्देशसंग कुरा गर्दै आयोजक समितीका अध्यक्ष जलकुमार गुरुङले सुरुवातमा नै फागुन १८ गतेबाट नै झापा गोल्डकपको मिती तय भएको बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार