फिक्कल । किरात सेवा समाजको आयोजनामा सुर्योदय नगरपालिका–१० आहालेमा जारी किरात रनिङ खुल्ला लातेभकुण्डो प्रतियोगिताको आजको खेलमा जनता ग्यारेज र डिएससी रुङसुङ बिजयी भएका छन । आजको पहिलो खेलमा कन्यामलाई ५–० ले हराउँदै जनता ग्यारेज बिजयी भएको हो । त्यसैगरी जहरसींह गाँउलाई २–३ गोल अन्तरले हराउँदै रुङसुङ समेत दोश्रो चरणमा पुगेको हो । प्रतियोगिता अन्र्तगत भोली सल्लेरी र फाजीगाँउ, श्रीअन्तु र तिनघरे, हर्कटे र डेभिल्स ड्याड तथा दामसिंह एफसी र राष्ट्रिय चोक श्री अन्तु बिच प्रतिस्पर्धा हुनेछ ।