Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

एन्फा प्रवक्ता राईको संयोजकत्वमा साफको प्रचार समिति गठन

एन्फा प्रवक्ता राईको संयोजकत्वमा साफको प्रचार समिति गठन

  • सन्देश सम्वाददाता
  • सोमबार, माघ २१ २०७५


एन्फा प्रवक्ता राईको संयोजकत्वमा साफको प्रचार समिति गठन

इलाम । अखिल नेपाल फुटबल संघ एन्फाले किरण राईको संयोजकत्वमा साफ च्याम्पियनसिपको प्रचार प्रसार समिति गठन गरेको छ । दक्षिण एसियाली महिला फुटबल प्रतियोगिता साफको प्रचार प्रसारका लागि एन्फाले राईको संयोजकत्वमा १५ सदस्यीय समिति गठन गरेको हो । समितिको सहसंयोजकमा दामोदर भट्टराई रहेका छन । समितिको सदस्यमा किशोरलाल अमात्य, देशराज कटवाल, अभयकुमार राई, विनु तिमिल्सिना, डेबिट बस्नेत, गोकुल पराजुली, किशोर बुढाथोकी छन ।

त्यस्तै आयुश खड््का, रितेश श्रेष्ठ, रोहित कोईराला, दिपक श्रेष्ठ, बिनेस बस्नेत र प्रभाकर थापालाई समेत १५ सदस्यीय टोलीमा समावेश गरिएको छ । फागुन २८ बाट ८ गतेसम्म विराटनगर स्थित सहिद रंगशालमा खेल सञ्चालन हुदैछ । समुह ए मा रहेको नेपालले समुह चरणको पहिलो खेलमा भुटानसंग खेल्नेछ । दोस्रो खेलमा पाकिस्तान र अन्तिम खेलमा बंगलादेशसंग खेल्नेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार