करफोक । सुर्योदय नगरपालिका–१२ करफोकमा जारी अन्तर मावि विद्यालय स्तरिय छात्र तथा छात्रा फुटबलको उपाधी करफोक विद्या मन्दिर र कृष्णाश्रम माध्यमिक बिद्यालयले जितेका छन । आज सम्पन्न फाइनल खेलमा छात्र तर्फ बौद्धधाम माध्यमिक बिद्यालयमाथी १–० को संर्घषपुर्ण जित निकाल्दै करफोकले उपाधी जितेको हो । दोश्रो हाफको २० औ मिनेटमा करफोकका अनिश राईले गरेको गोल नै निर्णायक बन्यो ।
त्यसैगरी गणेश्वरी माध्यमिक विद्यालयलाई २–० ले हराउँदै कृष्णाश्रमले छात्रा तर्फको उपाधी जितेको हो । कृष्णाश्रमकी ललिता खडका र निसा लाप्चाले गोल गर्दै आफनो टिमलाई उपाधी दिलाएका हुन । प्रतियोगितामा ३ गोल गरेकी गणेश्वरी माध्यमिक विद्यालयकी मनकला राई र ८ गोल गरेका करफोक विद्या मन्दिरका अनिस राई सर्वाधिक गोलकर्ता चुनिए । न्यु बल्र्ड बोडिङ स्कुलकी पुनम राई र बिरेन्द्र मावि आइतबारेका आकाश विक सर्वोत्कृष्ट खेलाडी चुनिए । त्यसैगरी हेरोहल एकाडेमीका ग्रेस राई उदिमान खेलाडी चुनिदै प्रमाणपत्र र ट्रफी प्राप्त गरे ।
![]()
जनप्रतिनिधी र प्रधानाध्यापकको रोमाञ्चक खेल
छात्र फुटबल फाइनल अघि भएको मैत्रीपुर्ण खेलमा प्रधानाध्यापक–११ लाई ५–२ ले हराउँदै जनप्रतिनिधी–११ बिजयी भएको छ । २–० ले पछि परेको अवस्था उल्टयाउदै जनप्रतिनिधीले फराकिलो जित निकालेको हो । खेलको पहिलो मिनेटमा नै जनप्रतिनिधी टिमका रमेश प्रधानले बल क्लियर गर्न खोज्दा आफनो पोष्टमा आत्मघाती गोल गरेका थिए । खेलको चाथो मिनेटमा युवराज राईले प्रधानाध्यापक टिमको अग्रता दोव्वर बनाएका थिए । तर १० औ मिनेटमा जय राईले अग्रता कम पारेका थिए ।१५ औ मिनेटमा अनिल लिम्बुले खेल बराबरीमा ल्याए । दोश्रो हाफको छैटो मिनेटमा वडा नं ११ का अध्यक्ष टेकबहादुर राई, ७ औ मिनेटमा नगर प्रमुख रणबहादुर राई र १० औ मिनेटमा जय राईले गोल गर्दै ५–२ को जित दिलाए ।
प्रतिभा पहिचान तथा नगरपालिकाको १२ महिना १२ कार्यक्रम अन्र्तगत नगर शिक्षा शाखाको आयोजनामा गत पुष १ गतेबाट सुरु भएको प्रतियोगितामा छात्र तर्फ १९ र छात्रा तर्फ ११ टिमको सहभागीता रहेको थियो । बिजेतालाई नगर प्रमुख रणबहादुर राई, प्याव्सन प्रदेश नं १ का सल्लाहकार युवराज बशिष्ठ लगायतले पुरस्कार वितरण गरेका थिए ।