Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

अन्ततः तोकिएको मितीमै हुने भयो माईभ्याली गोल्डकपको पाँचौ संस्करण

अन्ततः तोकिएको मितीमै हुने भयो माईभ्याली गोल्डकपको पाँचौ संस्करण

  • नमीन ढकाल
  • आइतबार, पौस ८ २०७५


अन्ततः तोकिएको मितीमै हुने भयो माईभ्याली गोल्डकपको पाँचौ संस्करण

इलाम । नेपाली सेनाले आफनो स्वामित्वमा रहेको इलामको ठुलो टुडिखेलमा काडेतार लगाएपछि अनिश्चित बनेको पाँचौ संस्करणको माइभ्याली गोल्डकप अन्ततः तोकिएको समयमा हुने भएको छ । शुक्रबार नेपाली सेनाको पशुपतीप्रसाद गणका गणपती असिमदिप गुरुङ र आयोजकहरु बिच छलफलपछि तोकिएको मितीमा गोल्डकप संचालन गर्न सहमती भएको हो ।
यसअघि गत आइतबार गोल्डकप आयोजक माइभ्याली फुटबल क्लबले पत्रकार सम्मलेनको आयोजना गरेर काडेतारका कारण तोकिएको समयमा गोल्डकप संचालन गर्न नसकिने जनाएको थियो । तर जिल्ला समन्वय समिती प्रमुख गणेश बराल, इलाम नगरप्रमुख महेश बस्नेत, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिना, सुरक्षा निकायका प्रमुख, फुटबल संघका पदाधिकारीहरुबिच छलफलपछि टुडिखेल संरक्षणमा माइभ्याली फुटबल क्लबले समेत महत्वपुर्ण भुमिका निर्वाह गर्न सहमतीपछि फागुन २३ गतेबाट गोल्डकपको पाँचौ संस्करण संचालन गर्ने सहमती भएको क्लबका अध्यक्ष धिरेन चेम्जोङले बताए ।

उनले भने ‘ हाल मैदान संरक्षणमा गरिएका तारबार हटाउने र त्यसको ठाँउमा स्थानिय स्तरमा पाइने श्रोत साधनको प्रयोग गरेर बेरा लगाइने छ । टुडिखेललाँई पार्क झै सजाउने सहमती भयो । ’आयोजकले शनिबार विज्ञप्ती जारी गरेर नै गोल्डकपको तोकिएको मितीमा हुने जनाएको छ । माइभ्याली फुटवल क्लब र जिल्ला फुटवल संघले संयुक्त विज्ञप्ती निकालेर निर्धारित समयमा नै प्रतियोगीता सञ्चालन हुने जानकारी दिएको हो । विज्ञप्ती निकाल्दै माइभ्याली गोल्डकपका आयोजकले सामान्य सुझबुझका कमीले असज बनेको वातावरण सहज बनिसकेको जनाएका छन । माइभ्याली गोल्डकप नेपाल, भारत, भुटान र बंगलादेश समेतका ‘ए’ डिभिजनका फुटबल क्लब सहभागी हुने पूर्वी पहाडको ठूलो प्रतियोगिता हो । यो प्रतियोगितालाई एन्फाले ए श्रेणीको प्रतियोगितामा समेत राखेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार