इलाम । केराबारीमा जारी साकेला कप खुल्ला लातेभकुण्डो प्रतियोगितामा आजको खेलमा बिजयी बन्दै डिएफसी रुङसुङ र रोङ खेलकुद विकास समिती क्वाटरफाइनल प्रवेश गरेको छ । पहिलो खेलमा कन्याम फुटबल क्लबलाई २–० ले हराउँद रुङसुङले अन्तिम १८ मा स्थान बनाएको हो । त्यसैगरी दोश्रो खेलमा मालुम फुटबल क्लबलाई ५–० ले हराउँदै रोेङले समेत अन्तिम १६ मा स्थान बनायो । । भोली टापनटिपन फुटबल क्लब र पशुपतीनगर युनाइटेड भिडदै छन । भोलीबाट भेट्रान फुटबल समेत सुरु हुँदैछ । भेट्रानको पहिलो खेलमा भेनस सुन्दरपानी र आइतबारे भेट्रानबिच प्रतिस्पर्धा हुँदैछ । ८ टिम सहभागी भेट्रान फुटबलको फाइनल आगामी १३ गते हुनेछ ।