फिक्कल । सुर्योदय नगरपालिकाको आयोजनामा नगर स्तरिय अन्तर माबि छात्र छात्रा फुटबल प्रतियोगिता आजबाट शुरु भएको छ । आज भएको उद्घाटन खेलमा छात्र तर्फ सनराइज बोर्डिङ स्कुललाइ १ का बिरुद्द २ गोल गर्दै बिरेन्द्र माबि आइतबारे बिजयी भएको छ । बिजयी टिम का लागि सुदर्शन दर्जी र बिपल राईले १/१ गोल गरेका थिए भने सनराइजका तर्फ बाट सन्जिब राई ले १ गोल गरेका थिए, त्यस्तै अर्को खेलमा न्यु वल्र्ड बोर्डिङ अनुपस्थित भएपछी बौधधाम माबि वाकओभर पाउँदै क्वाटर फाइनल प्रबेश गरेको छ । उद्घाटन समारोह सुर्योदय नगरपालिकाका उपप्रमुख दुर्गा देबि भट्टराईको सभापतित्वमा सम्पन्न भएको थियो, । सभापतिले मुख्य रेफ्री बाल कृष्ण याङमालिलाई बल हस्तान्तरण गरि कार्यक्रम उद्घाटन गरेकी थिइन ।
कार्यक्रममा सुर्योदय नगरपालिकाका प्रशाशकिय अधिकृत , खगेन्द्र वर्देवा, सुर्योदय नगरपालिका शिक्षा शाखा प्रमुख योगनिधी भट्टराई ,स्रोत ब्यक्तीहरु गणेश आचार्य र जय भन्डारी, वडा न १२ का अध्यक्ष डोलेन्द्र भारद्धाज करफोक मावि का बिब्यस अध्यक्ष अर्जुन निरौला ,बिरेन्द्र मावि का अध्यक्ष डिल्लीराम आचार्य लगायतको उपस्थित रहेको थियो । भोलि छात्रा तर्फ बुद्द माबि र एभरल्यान्ड माबि, छात्र तर्फ एभरल्यान्ड र हेरहोल माबि तथा बुद्ध माबि तथा ज्योती माबि बिच खेल हुने कार्यक्रम संयोजक शिक्षा शाखा प्रमुख योगनिधी भट्टराईले जानकारी दिएका छन । प्रतियोगितामा सुर्योदय नगरपालिकाका छात्र तर्फ २) विद्यालय र छात्रा तर्फ १३ विद्यालयको सहभागिता रहेको छ । फाइनल खेल पौष ११ गते हुने छ ।