Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

पाल्टार नकाउट फुटबलको आजको खेलमा दहिझोडा र बतासे बिजयी

पाल्टार नकाउट फुटबलको आजको खेलमा दहिझोडा र बतासे बिजयी

  • सन्देश सम्वाददाता
  • बिहिबार, मंसिर २७ २०७५


पाल्टार नकाउट फुटबलको आजको खेलमा दहिझोडा र बतासे बिजयी

माई । माई नगरपालिका–१ मा जारी दोश्रो संस्करण पाल्टार नकाउट फुटबलको आजको खेलमा दहिझोडा झापा र माई नगरपालिका–१ बतासे बिजयी भएका छन । तारेभिर खेलमैदानमा जारी प्रतियोगिताको पहिलो खेलमा दहिझोडाले महमाई–६ लाई १–० ले पराजित गर्दै अघिल्लो चरण प्रवेश गरेको छ । त्यसैगरी दोश्रो खेलमा बतासेले महमाई–७ लाई ३–० ले गोल अन्तरले हराउँदै अघिल्लो चरण प्रवेश गरेको हो । प्रतियोगिता अन्र्तगत भोली पहिलो खेलमा माईकिनार फुटबल क्लबले बरभञ्ज्याङ सामुदायिक वन उपभोक्ता समितीको सामना गर्नेछ भने दोश्रो खेलमा माई नगरपालिका–५ थाक्लेले प्रगतीशिल कलकत्तेको सामना गर्ने आयोजक समितीका केशव बराइलीले जानकारी दिए ।

मंसिर २२ गतेबाट सुरु भएको प्रतियोगितामा इलाम र झापाका गरी २८ टिमको सहभागीता रहेकोछ । पौष ९ गते सम्पन्न हुने प्रतियोगिताको बिजेता र उपविजेताले क्रमश २५ हजार ५ सय २५ र १५ हजार ५ सय १५ रुपैयाको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, अनुशासित खेलाडी, र उत्कृष्ट गोलरक्षकलाई समेत पुरस्कृत गरिनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार