Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

प्रथम अध्यक्षकप फुटबलको उपाधी प्याङलाई

प्रथम अध्यक्षकप फुटबलको उपाधी प्याङलाई

  • सन्देश सम्वाददाता
  • बिहिबार, मंसिर २७ २०७५


प्रथम अध्यक्षकप फुटबलको उपाधी प्याङलाई

नयाँबजार । माइजोगमाईमा जारी प्रथम अध्यक्षकप फूटबल प्रतियोगिताको उपाधी आरआरसी प्याङले जितेको छ । नयाँबजारस्थित बालागुरु खेल मैदानमा भएको उपाधी भिडन्तमा रेड डेविल्स नयाँबजारलाई टाइब्रेकरमा ४–३ गोल अन्तरले हराउँदै प्याङले नगद १ लाख सहित २० तोला चाँदीको माइजोगमाई रनिङ शिल्ड प्राप्त गरेको हो । निर्धारित समयमा दुवै टिमबाट २÷२ गोलको बराबरी भएपछि निर्णय टाइब्रेकरबाट गरिएको थियो । प्रतियोगिताको उपविजेता नयाँबजारले नगद ५० हजार र तृतीय माइजोगमाई–३ ले नगद २५ हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।

माईजोगमाई गाउँपालिकाको मुख्य प्रायोजनमा माईजोगमाई खेलकुद विकास समिति र माइजोगमाई फुटबल क्लबको संयुक्त आयोजनामा १४ मंसिरदेखि संचालित प्रतियोगितामा माइजोगमाई गाउँपालिका भित्रका १८ टीमको सहभागीता थियो ।आयोजक समितीका अध्यक्ष प्रविण राईको अध्यक्षतामा भएको समापन समारोहको प्रमुख अतिथी गाँउपालिका अध्यक्ष जितबहादुर राई थिए । कार्यक्रममा बिशेष अतिथी गाँउपालिका उपाध्यक्ष सावित्रा भट्टराई, प्रमुख प्रशासकिय अधिकृत चन्द्रप्रकाश बस्नेत, वडाध्यक्ष भवानी लिङदेन लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार