Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

यसरी भयो बालोन डी’ ओर अर्वाडको परिकल्पना

यसरी भयो बालोन डी’ ओर अर्वाडको परिकल्पना

  • नमीन ढकाल  
  • बुधबार, मंसिर १९ २०७५


यसरी भयो बालोन डी’ ओर अर्वाडको परिकल्पना

इलाम । बालोन डी’ओर को परिकल्पना फ्रान्सेली खेलाडी तथा पत्रकार ग्राविएल हेर्नटले सन १९५६ मा गरेका थिए । उनले आफना समकक्षीहरुलाई युरोपको उत्कृष्ट खेलाडी छनौटमा निम्ती आहवान गरी वितरण सुरु गरे । युरोपियन खेलाडीलाई मात्र दिइने भएकाले त्यस समयमा ब्राजिलका पेले र अजेन्टिनाका डिएगो अरम्यान्डो म्याराडोना जस्ता २० औ शताव्दीका महान खेलाडी समेत यो उपाधी पाउनबाट बञ्चित भएका थिए । सन १९५६ देखी सन १९९५ सम्म युरोपियन देशका खेलाडीलाई वितरण गरिदै आएको यो उपाधीको त्यसपछि नियम परिर्वतन गरी युरोपियन क्लबबाट खेल्ने खेलाडीहरुलाई दिन थालियो । नियम परिर्वतनसंगै एसी मिलानका लाइब्रेरियन स्ट्राइकर जर्ज वे पहिलो उपाधी जित्ने गैर युरोपियन खेलाडी घोषित भए । सन २००७ पछि भने विश्वभरका सवै देश र क्लबलाई सहभागीताका लागी योग्य ठहराउन थालियो । सन २०१० देखी २०१५ सम्म अस्थायी रुपमा फिफासंगको सहकार्यमा फिफा बर्ष खेलाडीको रुपमा ‘ फिफा बालोन डी’ ओर’ को नाममा बाट वितरण गर्न थालियो । सहकार्य अगाडी बालोन डी’ ओर का नामबाट उपाधी पाउने अन्तिम खेलाडी बार्सिलोनाका लियोनल मेस्सी घोषित भए । त्यसपछिका २ संस्करण उनले ‘ फिफा बालोन डी’ ओर’ नामबाट लगातार जिते । तर सन २०१६ यता पुनः बालोन डी’ ओर को नामबाट नै वितरण गर्न थालिएको छ ।
रोनाल्डो र मेस्सीको १० बर्षे वर्चस्व तोडियो
क्रोएसियाका कप्तान लुका मोड्रिचले बालोन डी’ ओर २०१८ को उपाधि जित्दै क्रिस्टियानो रोनाल्डो र लिओनेल मेसीले कायम गर्दै आएको १० बर्षे वर्चस्व तोडेका छन । विश्वभरका १ सय ८० देशका पत्रकारहरुको मतदानका आधारमा मोड्रिचले क्रिस्टियानो रोनाल्डो माथी २७७ अंकको फराकिलो अन्तरले उपाधी जितेका हुन ।
फ्रान्स फुटबलले मतदान प्रक्रियामा हरेक देशको प्रतिनिधि पत्रकारबाट मनोनयनमा परेका ३० खेलाडीबाट शीर्ष ५ खेलाडीको नाम लिएको थियो । शीर्षस्थानमा पर्ने खेलाडीले ६ अंक, दोस्रोमा पर्नेले ४ र क्रमश त्यसपछिका तीन खेलाडीले ३,२ र १ अंक हासिल गर्ने प्रावधान रहेको थियो । क्रोएसियाका लुका मोड्रिचले ७५३ अंक सहित बालोन डी’ ओर जितेसंगै फुटबल विश्लेषकहरुले मेस्सी र रोनाल्डाको युग खस्दै गएको अनुमान गरे । सन २००७ मा ब्राजिलका काकाले उपाधी जिते पछि रोनाल्डो र मेस्सीको एक छत्र राज थियो । पेरिसमा सम्पन्न उपाधी समारोहमा दुवै हस्तीहरुको उपस्थिती थिएन । बालोन डी’ ओर को ६२ बर्षे इतिहासमा २००८ देखी २०१७ सम्म दुवै खेलाडीले ५÷५ वटा अर्वाड हात पारेका थिए मोड्रिचले उपाधी जितेसंगै नयाँ इतिहास नै कायम भएको छ ।
बालोन डी’ ओर २०१८ को चाख लाग्दो तथ्य

मोड्रिक बालोन डी’ ओर जित्ने पहिलो क्रोएसियाली खेलाडी : मोड्रिच पहिलो क्रोएसियाली खेलाडी जस्ले बालोन डी’ ओर जितेका छन । सन २०१८ मा फर्ममा रहेको मोड्रिचले आफनो देशलाई कप्तानको रुपमा रहँदै विश्वकपको फाइनलसम्म पु¥याएका थिए । विश्वकपमा उत्कृष्ट खेलाडी चुनिदै उनले गोल्डेन बल समेत पाएका थिए । आफनो क्लब रियल मड्रिडलाई लगातार तेश्रो च्याम्पियनस लिगको उपाधी दिलाउन समेत उनको महत्वपुर्ण योगदान थियो । हालसालै मात्र उनी युइएफए पुरुष बर्ष खेलाडी समेत घोषित भएका थिए ।
यस अघि क्रोएसिया तथा रियल मड्रिडका डेभन सुकर सन १९९८ मा बालोन डी’ ओर को उपाधी नजिकै पुगेका थिए । उनीभन्दा अघि रहँदै तत्कालिन विश्व विजेता फ्रान्सका जिनेदिन जिदानले उपाधी जितेका थिए ।
सन २०१२ यताकै नेयमारको खराब प्रर्दशन : बालोन डी’ ओर मा सन २०१२ यताकै ब्राजिलियन स्टार नेयमारको खराब प्रर्दशन भएको छ । गत संस्करणमा पेरिस सेन्टर जर्मेनका नेयमार क्रिस्टियानो रोनाल्डो र मेस्सीपछि तेश्रो स्थानमा थिए । २०१७ सेप्टेम्बरमा बार्सिलोना छाडेर पेरिस सेन्ट जर्मेन गएका नेयमारलाई बालोन

डी’ ओर को दाबेदारको रुपमा हेरिएको थियो । तर यस पटक उनी ९ स्थान तल झदै १९ अंकका साथ १२ औ स्थानमा सिमित भए । उनी सन २०१२ यता पहिलो पटक शिर्ष १० बाट बाहिरिएका हुन ।
२ खेलाडीले अंक नै पाएनन् ः बालोन डी’ ओर २०१८ को अन्तिम ३० जनाको नामाबलीमा २ जना चर्चित खेलाडीहरुले अंक पाउन सकेनन् । स्पेनिस स्टार तथा रियल मड्रिडका मिडफिल्डर इस्को र विश्व विजेता फ्रान्स तथा टोटनहम हस्टस्परका गोलरक्षक ह्रयुगो लोरिसले एक अंक समेत प्राप्त नगरी क्रमश २९ र ३० औ स्थानमा रहे ।
सन २००६ यता मेस्सीको खराब प्रर्दशन : सन २००६ बाट बालोन डी’ ओर को मनोनयमा परेको लियोनल मेस्सीले सन २०१८ को सिजनमा ७० खेलमा ६० गोल र २४ गोलका अवसर सृजना गर्दै आफनो क्लबलाई महत्वपुर्ण ३ वटा उपाधी जिताएका छन । उनले युरोपको सर्वाधिक गोलकर्ता बन्दै गोल्डेन बुट समेत जितेका छन । तर बालोन डी’ ओर को उपाधी होडमा भने ५ औ स्थानमा रहे । उनी भन्दा अगाडी लुका मोड्रिच, क्रिस्टियानो रोनाल्डो, एन्टोनी ग्रिजम्यान र केलियन एम्बाप्पे रहे । २००७ यता मेस्सी ५ पटक पहिलो ५ पटक दोश्रो र सन २००७ मा २५५ अंकका साथ तेश्रो स्थानमा रहेका थिए । खराब इतिहासको रुपमा मेस्सी सन २००६ मा २० औ स्थानमा रहँदा रोनाल्डो भने १४ औ स्थानमा थिए ।
रोनाल्डो सबै समयको समाप्तको गणनामा मेस्सीभन्दा शीर्ष : बालोन डी’ ओर को मञ्चको पछिल्लो १२ संस्करण मध्ये रोनाल्डो र मेस्सी ११ पटक शिर्ष ३ स्थानमा परेका थिए । तर समग्रमा मेस्सीको तुलनामा रोनाल्डोले अग्रता कायम गरेका छन । ११ संस्करणमा मेस्सी पाँच पटक शिर्ष, पाँच पटक दोश्रो र एक पटक तेश्रो स्थानमा रहँदा रोनाल्डो ५ पटक शिर्ष र ६ पटक दोश्रो स्थानमा रहेका थिए ।
मोड्रिक संगै बालोन डी’ ओर को अर्वाड बार्सिलोना र रियलको बराबरी : २०१८ को संस्करणको उपाधी लुका मोड्रिकले जितेसंगै बार्सिलोना र रियल मड्रिडका खेलाडीको बालोन डी’ ओर को संख्या ११/११ बराबरी भएको छ । मड्रिडका ७ जना खेलाडीले गरी कुल ११ पटक जित्दा बार्सिलोनाका ६ खेलाडीले ११ पटक जिते । रियलका लागी क्रिस्टियानो रोनाल्डोले ४ र अल्फ्रेड स्टेफानो २ पटक, रेमन्ड कोप्पा, लुइस फिगो, रोनाल्डो र फावियो कानाभारोले १/१ पटक जितेका थिए । बार्सिलोनाका लियोनल मेस्सीले ५ पटक, जोन क्रुफ २ पटक, स्पेनिस खेलाडी लुइस स्वारेज, रिस्टो स्टोकोफ, रिभाल्डो र रोनाल्डिन्होले १/१ पटक दिलाएका थिए । युभेन्टस र एसी मिलानका ८/८ जना खेलाडीले बालोन डी’ ओर को उपाधी पाएका छन ।

(एजेन्सीको सहयोगमा तयार पारिएको रिर्पोट)

प्रतिक्रिया
सम्बन्धित समाचार