Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

मालुममा सम्पन्न यु–१६ फुटबलको उपाधी प्रगती टोलले जित्यो

मालुममा सम्पन्न यु–१६ फुटबलको उपाधी प्रगती टोलले जित्यो

  • विवेक घिमिरे
  • बुधबार, कार्तिक २१ २०७५


मालुममा सम्पन्न यु–१६ फुटबलको उपाधी प्रगती टोलले जित्यो

फिक्कल ।  सुर्योदय नगरपालिका–८ मालुममा सम्पन्न १६ बर्षमुनीको टोल स्तरिय नकाउट फुटबलको उपाधी प्रगती टोल विकास संस्थाले जितेको छ । मंगलबार सम्पन्न फाइनल खेलमा छिपिटार टोल विकास संस्था ए लाई १–० ले हराउँदै प्रगतीले नगद १० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो । उपविजेता टिमले ५ हजार प्राप्त ग¥यो । प्रतियोगिताको उत्कृष्ट खेलाडी सिद्धदेवी टोलका अरुण श्रेष्ठ, उत्कृष्ट गोलकिपर मंगलज्योती टोलका रोजन राई, अनुशासित टिम गुम्बा टोल, सर्वाधिक गोलकर्ता महालक्ष्मी टोलका निश्चल कठेत घोषित भए ।

मंगलज्योती टोलका अध्यक्ष हेमकुमार सुवेदीको अध्यक्षतामा भएको समापन समारोहको प्रमुख अतिथी नगरपालिकाकी उपप्रमुख दुगादेवी भट्टराई रहेकी थिइन । प्रतियोगितामा वडा नं ८ का १५ वटा टोल विकास समितीको सहभागीता थियो । त्यसैगरी सुर्योदय नगरपालिका–१ सानो बाङ्गीनमा जारी खुल्ला नकाउट फुटबल प्रतियोगिता अन्र्तगत मंगलबार ३ खेल सम्पन्न भयो । पहिलो खेलमा त्रिवेणी युनाइटेड बी ले मानेडाँडा ए लाई १–० ले हराएको छ । दोश्रो खेलमा टिमुरे फुटबल क्लबले त्रिवेणी ए लाई २–१ ले पराजित ग¥यो । तेश्रो खेलमा सिएसइ अनुपस्थित भएपछि बोडर बुलेट टासीगाँउ वाकओभर पाउँदै अघिल्लो चरणमा प्रवेश ग¥यो । आजबाट कार्तिक २५ गतेसम्म खेल स्थगित भएको आयोजक समितीका कोषाध्यक्ष सुनिल शाहले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार