Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

सूर्योदय नगरमा नेपाली काग्रेसको सुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न

सूर्योदय नगरमा नेपाली काग्रेसको सुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न

  • सन्देश सम्वाददाता
  • शुक्रबार, कार्तिक १६ २०७५


सूर्योदय नगरमा नेपाली काग्रेसको सुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न

इलाम । नेपाली काग्रेस सूर्योदय नगर कार्य समितिको सुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ । सूर्योदय नगरकार्यसमितिका सभापति मणि गुरुङ्गको अध्यक्षतामा भएको शुभकामना तथा चियापान कार्याक्रममा इलाम जिल्ला क्षेत्र नम्बर २ का महासमिति सदस्य भेषराज आर्चायको प्रमुख आथित्यता थियो ।
कार्यक्रममा सूर्योदय नगर क्षेत्रको १४ वटै वडाका नेपाली काग्रेसका क्रियासिल सदस्य, भातृ संस्थाका प्रतिनिधि, नेपाली काग्रेसबाट निर्वाचित जनप्रतिनिधि, जिल्ला कार्यसमितिका सदस्य लगायतको उपस्थिति थियो । नेपाली काग्रेस वडा नम्बर ७ का संयोजक कुलप्रसाद पौडेलले स्वागत मन्तव्य राखिएको कार्यक्रममा नगर महिला संघकी सभापति हेममाया प्रधान, क्षेत्र नम्बर एकका कोषाध्यक्ष पुण्यकुमार मुखिया, जिल्ला सदस्य श्रीप्रसाद खरेल, शिक्षक संघका नगर अध्यक्ष उद्धव पौडेल, माहासमिति सदस्य बिक्रम पाण्डे, पेम चाम्लिङ्ग, दिपक शर्मा, टिकाराम लेप्चा, वडा नम्बर ८ का सदस्य तथा तरुण दलका नगर अध्यक्ष रमेश प्रधान, पार्टीका नगर सचिव बुद्ध कार्कीले नेपाली काग्रेसलाई सक्रिय बनाउन सबै कार्याकर्ता एक हुनुपर्नेमा जोड दिनुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार