Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

समृद्धी भेट्रान फुटबलको सेमीफाइनल समीकरण पुरा, उपाधी छिनोफानो शुक्रबार हुने

समृद्धी भेट्रान फुटबलको सेमीफाइनल समीकरण पुरा, उपाधी छिनोफानो शुक्रबार हुने

  • सन्देश सम्वाददाता
  • बिहिबार, कार्तिक ८ २०७५


समृद्धी भेट्रान फुटबलको सेमीफाइनल समीकरण पुरा, उपाधी छिनोफानो शुक्रबार हुने

फिक्कल । सुर्योदय नगरपालिका–९ रम्फोकमा जारी समृद्धी भेट्रान फुटबल प्रतियोगिताको सेमीफाइनल समीकरण पुरा भएको छ । चन्द्र ग्राउन्डमा भएको प्रतियोगितामा आज पहिलो चरणका २ खेल र क्वाटरफाइनलका खेलहरु सम्पन्न भएसंगै सेमीफाइनल भिडने टिम पक्का भएको हो । प्रतियोगिता अन्र्तगत पहिलो चरणको खेलमा कुटिडाँडा सहभागी नभएपछि वाकओभर पाउँदै एमएफसी विजयी भएको थियो । त्यसैगरी अर्को खेलमा इलामलाई हराँउदै काठमाण्डौ ए समेत क्वाटरफाइनल पुगेको थियो ।

पहिलो क्वाटरफाइनल खेलमा सुन्दरपानी भेनसले तिनघरेलाई हरायो भने दमकले सुर्योदय टिमलाई हराउँदै सेमीफाइनलमा स्थान बनाउन सफल भयो । त्यसैगरी तेश्रो क्वाटरफाइनल खेलमा दार्जिलिङले एमएफसीलाई हरायो भने काठमाण्डौ ए टिमले शिवसताक्षीलाई हराएको छ ।
प्रतियोगिता अन्र्तगत पहिलो सेमीफाइनलमा सुन्दरपानी भेनसले काठमाण्डौ र दार्जिलिङ भेट्रानले दमकको सामना गर्नेछ ।

कार्तिक ७ गतेबाट जारी प्रतियोगितामा नेपाल र भारतका गरी १६ टिमको सहभागीता रहेको थियो । समृद्धी युवा समाजको आयोजना रहेको प्रतियोगिताको बिजेता टिमले ५० हजार, उपविजेता ३५ हजार र सान्तवना टिमले १० हजार सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको उपाधी समेत शुक्रबार नै छिनोफानो हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार