फाकफोकथुम । इलामको फुएतप्पामा आयोजित एक दिवसीय नकाउट फुटबलको उपाधी साविककाे फुएतप्पा–१ ले जितेको छ । लिम्बु थाकफेला समुह फाकफोकथुम–४ फुएतप्पाको आयोजनामा सिंह माध्यमिक विद्यालय नेवार गाँउको खेलमैदानमा भएको प्रतियोगिताको फाइनल खेलमा फुएतप्पाले लिम्बु गाँउ भेट्रान टिमलाई टाइव्रेकरमा ३–२ गोल अन्तरले हराउँदै ३ केजी भाले जितेको हाे । निर्धारित समयमा दुवै टिमबाट गोल नभएपछि निर्णय टाइव्रेकरबाट गरिएको थियो । प्रतियोगितामा फाकफोकथुम क्षेत्रका ५ वटा टिमको सहभागीता रहेको थियो ।
फुटबल खेलमा मज्जा तथा नगद र ट्रफी दिने परम्परालाई परिमार्जन गर्दै नयाँ पुरस्कारको रिती बसाल्ने उद्धेश्यका साथ पुरस्कारमा भाले राखिएको आयोजक समितीले जनाएको छ । प्रतियाेगिता फाइभ साइडमा खेलाइएकाे थियाे । इलामका अधिकाँश क्षेत्रमा ११ जना खेल्ने मैदान नभएकाे कारण फाइभ साइड देखी नाइन साइडका प्रतियाेगिता अायाेजना गर्ने गरिन्छ ।