Local Sandesh शनिबार, कार्तिक ८ २०८३
  • ट्रेण्डिङ :

इलामको माङसेबुङमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा तीन जना घाइते

इलामको माङसेबुङमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा तीन जना घाइते

  • सन्देश सम्वाददाता
  • शनिबार, कार्तिक ८ २०८३


इलामको माङसेबुङमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा तीन जना घाइते

इलाम : इलामको माङसेबुङ गाउँपालिका–२, इभाङ माझबरस्थित गजुरमुखी-चतुरे सडकखण्डमा आज बिहान दुई मोटरसाइकल आपसमा ठोक्किँदा तीन जना घाइते भएका छन् । आज बिहान करिब ८:३० बजे मे ७ प ७६४६ नम्बरको मोटरसाइकल र मे ११ प २२६१ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका हुन् ।

फुएतप्पाबाट दमकतर्फ जाँदै गरेको मे ७ प ७६४६ नम्बरको मोटरसाइकलमा सवार झापाको दमक-२ का ५५ वर्षीय अमृत पाण्डे र उनका छोरा वेदप्रसाद पाण्डे घाइते भएका छन् । उनीहरुको टाउकोमा चोट लागेको छ । उनीहरूलाई उपचारका लागि झापाको दमक पठाइएको स्थानीय पत्रकार बालकृष्ण बस्नेतले जानकारी दिए ।

त्यस्तै, चतुरेबाट गजुरमुखीतर्फ जाँदै गरेको मे ११ प २२६१ नम्बरको मोटरसाइकलमा सवार माङसेबुङ गाउँपालिका-१ का शम्भु राई पनि घाइते भएका छन् । राईको आँखामा चोट लागेको बताइएको छ । उनलाई मङ्गलबारे अस्पताल पठाइएको जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार