Local Sandesh शुक्रबार, साउन २९ २०८३
  • ट्रेण्डिङ :

इन्डिपेन्डेन्स कपको उपाधिका लागि डीडीएस नेपाल लाइन र हन्टर सेभेन इलाम भिड्दै

इन्डिपेन्डेन्स कपको उपाधिका लागि डीडीएस नेपाल लाइन र हन्टर सेभेन इलाम भिड्दै

  • सन्देश सम्वाददाता
  • शुक्रबार, साउन २९ २०८३


इन्डिपेन्डेन्स कपको उपाधिका लागि डीडीएस नेपाल लाइन र हन्टर सेभेन इलाम भिड्दै

इलाम । पाँचौँ इन्डिपेन्डेन्स कप–२०२६ को उपाधिका लागि डीडीएस नेपाल लाइन, मानेभञ्ज्याङ र हन्टर सेभेन इलामबीच फाइनल प्रतिस्पर्धा हुने भएको छ।

मानेभञ्ज्याङ ब्वाइजको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगिताको पहिलो सेमिफाइनलमा हन्टर ‘७’ नेपालले एसआरएफसी सिमानालाई १–० गोलको फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो।

दोस्रो सेमिफाइनलमा डीडीएस नेपाल लाइन, मानेभञ्ज्याङले डीएसपीएमएसलाई १–० गोल अन्तरले पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो। नेपाल र भारतका गरी २४ टोलीको सहभागिता रहेको पाँचौँ इन्डिपेन्डेन्स कप–२०२६ ले सीमावर्ती क्षेत्रका टोलीबीच खेलकुद सम्बन्ध विस्तारसँगै आपसी सद्भाव, भाइचारा र खेलकुद पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्‍याएको आयोजकले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार