Local Sandesh बिहिबार, साउन २८ २०८३
  • ट्रेण्डिङ :

डी.डी.एस नेपाल सेमिफाइनलमा, एसएजी स्ट्राइकर्समाथि ५–३ को रोमाञ्चक जित

डी.डी.एस नेपाल सेमिफाइनलमा, एसएजी स्ट्राइकर्समाथि ५–३ को रोमाञ्चक जित

  • सन्देश सम्वाददाता
  • मंगलबार, साउन २६ २०८३


डी.डी.एस नेपाल सेमिफाइनलमा, एसएजी स्ट्राइकर्समाथि ५–३ को रोमाञ्चक जित

दार्जिलिङ । ५औँ इन्डिपेन्डेन्स कप २०२६ अन्तर्गत दोस्रो क्वार्टरफाइनल खेलमा डीडीएस नेपालले एसएजी स्ट्राइकर्सलाई ५–३ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ। आठ गोल भएको रोमाञ्चक खेलमा डीडीएस नेपालले सुरुदेखि नै आक्रामक प्रदर्शन गर्दै एसएजी स्ट्राइकर्समाथि दबाब कायम राखेको थियो।

एसएजी स्ट्राइकर्सले ३ गोल फर्काए पनि जितका लागि पर्याप्त हुन सकेन।  यससँगै एसएजी स्ट्राइकर्सको प्रतियोगितामा यात्रा क्वार्टरफाइनलमै समाप्त भएको छ। ५औँ इन्डिपेन्डेन्स कप २०२६ मानेभञ्ज्याङ ब्वाइजको आयोजनामा सञ्चालन भइरहेको छ। अगष्ट १५ सम्म चल्ने प्रतियोगितामा नेपाल र भारतका २४ टिमको सहभागिता रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार