फिक्कल । भारतको मानेभञ्ज्याङमा सञ्चालन भइरहेको ५औँ इन्डिपेन्डेन्स कप २०२६ अन्तर्गत चौथो क्वार्टरफाइनल खेलमा सन्दकपुर स्काउट ७–० गोल अन्तरले पराजित भएको छ । सन्दकपुरलाई डीएसपीएमएसले फराकिलो अन्तरले हराएको हो । जितसंगै डीएसपीएमएस सेमिफाइनलमा स्थान बनाएको छ ।
खेलभर प्रभावशाली प्रदर्शन गरेको डीएसपीएमएसले आक्रामक फुटबल प्रस्तुत गर्दै एकतर्फी जित हात पारेको हो। सन्दकपुरले प्रि–क्वाटरफाइनलमा ओल्ड गार्ड एफसीलाई हराएको थियो । प्रतियोगितामा नेपाल र भारतका गरी २४ टोलीको सहभागिता रहेको छ। अगस्ट १५ सम्म सञ्चालन हुनेछ ।