Local Sandesh बिहिबार, साउन २८ २०८३
  • ट्रेण्डिङ :

फाकफोकथुम–४ मा हिलाम्मे सडक मर्मत अन्तिम चरणमा

फाकफोकथुम–४ मा हिलाम्मे सडक मर्मत अन्तिम चरणमा

  • लिला बहादुर लिम्बु
  • शुक्रबार, साउन २२ २०८३


फाकफोकथुम–४ मा हिलाम्मे सडक मर्मत अन्तिम चरणमा

इलाम । फाकफोकथुम गाउँपालिका–४ स्थित वडा कार्यालयदेखि कमेरे चोकसम्मको हिलाम्मे सडक मर्मत कार्य अन्तिम चरणमा पुगेको छ। बर्खायाममा मोटरसाइकलसमेत सञ्चालन गर्न कठिन भएपछि स्थानीयको मागअनुसार गाउँपालिका र वडा नं ४ ले कार्यपालिकाबाट ५ लाख रुपैयाँ बजेट सुनिश्चित गर्ने निर्णय गर्दै उपभोक्ता समिति मार्फत काम अघि बढाएको हो ।

वडा सदस्य तारावीर मगरका अनुसार सात सदस्यीय उपभोक्ता समिति गठन गरी तत्काल सडक सुधारको काम सुरु गरिएको थियो। उपभोक्ता समितिका अध्यक्ष दीपक लिम्बुले सडकलाई आवतजावत योग्य बनाउन धमाधम काम भइरहेको र अब अन्तिम चरणमा पुगेको जानकारी दिए। सडक मर्मतसँगै आवतजावत सहज बन्न थालेपछि ट्याक्सी व्यवसायी इन्द्र सापकोटासहित स्थानीयले स्थानीय सरकारप्रति खुसी व्यक्त गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार