इलाम । इलाम जिल्लाबाट प्रदेश नम्बर १ को संसदमा निर्वाचित प्रदेश सासंदले परिणाममुखि काममा लाग्न जिल्लाका सरकारी कार्यालयका प्रमुख र कर्मचारीलाई निर्देशन दिनुभएको छ ।
जिल्लाका चारैजना प्रदेश सांसदले देशमा तीनै तहको निर्वाचन पछि राजनीतिक अस्थिरता हटेकाले जनताको चाहाना अनुसार काम गर्न जिल्लास्थित कार्यालय प्रमुख र कार्मचारीलाई निर्देशन दिनुभएको हो ।
आर्थिक बर्ष २०७४÷०७५ मा जिल्लामा संचालित बिकास योजना समिक्षा कार्यक्रममा बोल्दै प्रदेश सांषद धिरेन्द्र शर्मा रमण, काजिमान कागते, खिनु लिम्बु र रामबहादूर रानाले राजनितिक अस्थिरता हटेको अवस्थामा जनचाहाना अनुसारको काम हुनुपर्ने बताउनुभएको हो ।
जनताको चाहान अनुसार बिकास निर्माणका काममा चाँडो बोलपत्र आवाह्न गर्ने र निर्माणकार्य तत्काल शुरु गर्न अल्मलीनु पर्ने कारण नभएकाले चालु आर्थिक वर्षमा सबै स्थानीय तह र सरकारी कार्यालयहरुले सतप्रतिसत काम गर्नुपर्ने प्रदेश सासंदहरुको भनाइ छ । आर्थिक बर्ष २०७४÷०७५ मा जिल्लामा संचालित बिकास योजना समिक्षा कार्यक्रममा बोल्दै इलाम क्षेत्र नम्बर २ को १ का प्रदेश सांषद धिरेन्द्र शर्मा रमणले देशमा कुनै राजनीतिक समस्या नभएकाले जनताले चाहे अनुसार बिकास निर्माण कार्य अगाडी बढ्ने बताउनु भयो । सर्माले भने–‘जनताको चाहान अनुसार बिकास कार्य अगाडी बढ्छन्, यसमा अल्मलीनु पर्ने कुनै कारण नै छैन ।’ सासंद सर्माले समग्र जिल्लाको विकास समानुपातीक रुपमा अगाडी बढाउन सबै लागि पर्नु पर्ने बताउनु भयो ।

यस्तै इलाम क्षेत्र नम्बर २ को १ का प्रदेश साषद राम बहादुर रानाले बिकास निर्माण नै जनताको पहिलो आवश्यता भएकाले बाटो, बिजुली, खानेपानी जस्ता आधारभुत समस्या परिपुर्ती पर्ने गरी काम गर्नु पर्ने बताउनु भयो । रानाले अव बोलीमा मात्र नभई जनताले प्रत्यक्ष बिकास निर्माणको महसुस गर्ने गरी काम गर्नुपर्ने बताउनु भयो ।
इलाम क्षेत्र नम्बर १ को २ का अर्का प्रदेश सांसद काजीमान कागतेले बिकास निर्माणका पूर्वाधार सबै ठाउँमा पर्याप्त नभएकाले कृषि क्षेत्र पछाडी परेको बताउनु भयो । सांसद कागतेले बिकास योजना निर्माण गर्दा कृषि उत्पादनलाई फाईदा पुग्ने गरी संचालन गर्नु पर्ने बताउनु भयो । कागतेले भने–‘संचालित बिकास योजनाले कृषि क्षेत्रमा फाईदा पुग्नु पर्छ, अनि मात्र कृषकको जिवन स्तर माथी उक्सीन्छ ।’
यस्तै इलाम क्षेत्र नम्बर १ को १ का प्रदेश सांषद खिनु लंङवा लिम्बुले सडक, बिजुली,पुल पुलेसा योजनामा परेपनि समयमै काम नभएकाले त्यसमा सरकारी कर्मचारीले चाँडो काम गर्न समयमै काम सुरु गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा जिल्लाको १९ वटा सरकारी कार्यालयले आर्थिक बर्ष २०७४÷०७५ कार्यालयले गरेका बिकास निर्माण लगायत कार्य प्रगती प्रस्तुत गरेका थिए । यस्तै जिल्लामा संचालित ११ वटा निजी तथा गैह्र सहकारी संस्थाले आ आफना कार्य प्रगति प्रस्तुत गरेका थिए । कार्यक्रममा जिल्लाका ४ नगरपालिका र ६ गाउँपालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृतको सहभागीता रहेको थियो ।
जिल्ला समन्वय समितिका अध्यक्ष गणेश प्रसाद बरालको अध्यक्षता र राष्ट्रिय सभा सदस्य अगम प्रसाद बान्तको प्रमुख आतिथ्यतामा सम्पन्न समिक्षा बैठकको जिल्ला समन्वय समितिका उपप्रमुख चित्रकला बराईलीले स्वागत मन्तब्य राख्नु भएको थियो भने जिल्ला समन्वय अधिकारी झपेन्द्र चापागाँईले संचालन गर्नु भएको थियो । कार्यक्रममा जिल्लामा भएका बिकास निर्माणका कार्य माथि राजनीतिक दलहरुको तर्फबाट नेपाली काग्रेसका नेता खगेन्द्र देवानले राजनीतिक स्थिरताको भएको अवस्थामा विकास निर्माणका काम अघि बढ्नुपर्नेमा जोड दिनुभएको थियो ।