Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

यू-२० महिला एसियन कप छनोट : नेपाल र साउदी अरेबिया भिड्दै

यू-२० महिला एसियन कप छनोट : नेपाल र साउदी अरेबिया भिड्दै

  • सन्देश सम्बाददाता
  • शुक्रबार, साउन २४ २०८२


यू-२० महिला एसियन कप छनोट : नेपाल र साउदी अरेबिया भिड्दै
  • एएफसी यू-२० महिला एसियन कप छनोटको दोस्रो खेलमा साउदी अरेबियासँग खेल्दैछ।
  • नेपालले पहिलो खेलमा भुटानसँग १-१ गोलको बराबरी खेलेको छ भने साउदी अरेबियाले उत्तर कोरियासँग १५-० ले हार बेहोरेको छ।
  • प्रतियोगितामा समूहविजेता एसियन कपमा छनोट हुनेछन् भने दुई उत्कृष्ट उपविजेताले पनि छनोट पाउने प्रावधान छ।

इलाम । भुटानको थिम्पुमा जारी एएफसी यू-२० महिला एसियन कप छनोटको आफ्नो दोस्रो खेलमा नेपालले आज साउदी अरेबियासँग खेल्दैछ । खेल थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा दिउँसो पौने २ बजे सुरु हुनेछ । यसअघि साँझको समयमा खेलेको नेपालले आज भने दिउँसो खेल्नेछ ।

नेपालले आफ्नो पहिलो खेलमा भुटानसँग १-१ गोलको बराबरी खेल्दै अंक बाँडेको थियो । साउदी अरेबियाले भने उत्तर कोरियासँग १५-० को फराकिलो हार बेहोरेको थियो ।
पहिलो खेलमा बराबरी खेलेपछि नेपाली टोली समूहविजेता बन्ने सम्भावनामा धक्का लागेको छ । बलियो टोली उत्तर कोरियासँग नेपालले खेल्न बाँकी छ ।

प्रतियोगिताको हरेक समूहबाट समूहविजेता एसियन कपमा छनोट हुनेछन् भने २ उत्कृष्ट उपविजेता पनि छनोट हुने प्रावधान छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार