Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

रविन्द्रले जिते एमएफएन टाइटल

रविन्द्रले जिते एमएफएन टाइटल

  • सन्देश सम्वाददाता
  • आइतबार, साउन १९ २०८२


रविन्द्रले जिते एमएफएन टाइटल

इलाम । नेपाली एमएमए फाइटर रविन्द्र ढाँटले म्याट्रिक्स फाइट नाइट (एमएफएन) मा टाइटल होल्डर चोङ्गरेन्ग कोरेनलाई पराजित गरेका छन्। भारतको नोएडामा शनिबार सम्पन्न बान्टमवेट श्रेणीमा भएको उक्त भिडन्तमा ढाँटले तेस्रो राउन्डमै कोरेनलाई नकआउट गर्दै एमएफएन बेल्ट आफ्नो नाममा लेखाएका हुन्।

यो ढाँटका लागि व्यावसायिक करिअरको नवौं जित हो। तर, यो जित उनको मात्रै थिएन। उनले यो सफलता आफ्नो प्रशिक्षक तथा मेन्टर दिविज पिया लामालाई समर्पण गरेका छन्। दिविज नेपाली एमएमएको अग्रणी व्यक्तित्व हुन्। उनी नेपाल वारियर्स च्याम्पियनसिप (एनडब्लुसी) का संस्थापक पनि हुन्। यही एनडब्लुसीमार्फत ढाँटको प्रतिभालाई चिनिएको थियो।

दिविजले रविन्द्रको प्रतिभा पहिचान गर्दै उनलाई व्यक्तिगत खर्चमै प्रशिक्षण, बसोबास र तयारीका लागि सम्पूर्ण सहयोग गरेका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार