काठमाडौं । नेपालमा वार्षिक दुई करोड २२ लाख मेट्रिकटन चिया उत्पादन हुने गरेको तथ्याङ्क सार्वजनिक भएको छ।
चिया खेतीको बारेमा पहिलो पटक केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय योजना आयोग, राष्ट्रिय चिया तथा कफी विकास बोर्डको सहयोगमा गरेको सर्वेक्षणले नेपालबाट वार्षिक ३ अर्ब रुपैयाँ बराबरको चिया निर्यात हुने देखाएको छ।
नेपालमा सिटिसी, अर्थोडक्स र ग्रीन टी गरी तीन प्रकारका चिया उत्पादन हुने गरेका छन्। सिटिसीको उत्पादन लागि आवश्यक हरियो पत्ति झापा जिल्लामा मात्रै उत्पादन हुने गरेको हो।
झापा जिल्लामा ८ करोड २५ लाख १७ हजार मेट्रिकटन हरियो पत्ति उत्पादन हुने गरेको तथ्याङ्कले देखाएको छ। तथ्याङ्क अनुसार नेपालको कुल हरियो पत्ति उत्पादन नै जम्मा १० करोड ८० हजार मेट्रिकटन उत्पादन हुँदै आएको छ।
झापा जिल्लामा उत्पादन हुने सिटिसी चिया भारतीय मुलको चिया मानिँदै आएको छ। यो चिया कुल उत्पादनको ४५ प्रतिशत नेपालमा खपत हुने गरेको छ भने ५५ प्रतिशत भारतीय बजारमा निर्यात हुने गरेको छ। नेपालमा उत्पादन हुने अर्थोडक्स र ग्रीन टि भने तेस्रो मुलक जाने तथयाङ्कले देखाएको हो। यो चिया विशेष गरेर यूरोप र अमेरिकी मुलुकमा निर्यात हुने गरेको छ।

नेपालको १४ जिल्लामा व्यवसायिक चिया खेती हुँदै आएको छ। चिया खेतीमा ९ हजार २ सय ३६ कृषक तथा चिया उत्पादक व्यवसायीहरु आवद्ध रहेका छन्। जसमध्ये, ९ हजार १ सयले व्यक्तिगत रुपमा र एक सय ८ संस्थाहरु संस्थागत रुपमा चिया उत्पादन गर्दै आएका छन्।
नेपालमा १२ हजार ६६ हेक्टर जमिनमा चिया खेती हुँदै आएको छ। त्यसमध्ये झापामा ७ हजार १ सय ९५ हेक्टरमा चिया खेती रहेको छ। नेपालमा कुल ११ हजार ४१ वटा बगानहरुमा चिया खेती रहेको तथ्याङ्कले देखाएको हो।
नेपालमा ५९ प्रतिशत कृषकहरु पराम्परागत रुपमा चिया खेती गर्दै आएका छन्। उनीहरुले रासायनिक मल तथा औषधीहरुको प्रयोग गर्ने गरेका छन्, यस्तो खेतीमा ३० प्रतिशत कृषक तथा व्यवसायीहरु प्रारङ्गारिक उन्मुख छन्। त्यस्तै ११ प्रतिशतले पूर्ण प्रारङगारिक उत्पादन पर्दै आएका छन्।

नेपालमा चिया खेतीमा १८ हजार १ सय ८० जना व्यसायिक रुपमा लागको देखिन्छ। त्यस मध्ये ९ हजार ३ सय ७४ जना पुरुष र ८ हजार ८ सय ७ जना महिला आवद्ध रहेको तथ्याङ्कले देखाएको हो। चिया खेती गरी नेपाली कृषकले नै वार्षिक १ अर्ब ७४ करोड रुपैंया आम्दानी गरेको तथ्याङ्क विभागका निर्देशक बद्री कुमार कार्कीले जानकारी दिए।
परिचय
तत्कालीन प्रधानमन्त्री जङ्ग बहादुर राणाले वि.सं. १९२० मा चीन भ्रमणबाट फर्कदा चिनिया जातको चियाको वीउ उपहार स्वरुप तत्कालीन चिनिया सम्राटबाट ल्याई नेपालमा भित्र्याएका थिए ।

व्रिटिस सरकारको इष्ट इन्डिया कम्पनी मार्फत दार्जे्लिङ्गको घेरै पहाडी भूभागहरुमा चियाखेती सुरु गरेका थिए । तत् पश्चात पूर्वी पहाडमा इलाम टि स्टेट स्थापना गर्दै नेपालको पहाडी भूभाग इलाम, पाँचथर, ताप्लेजुङ्ग र धनकुटामा चिया खेती सुरु भएको देखिन्छ ।
गजराज सिंह थापाले इलाममा चिया रोपी चिया खेतिको सुरुवाती गरेका थिए । नेपाली चिया उत्पादन तथा प्रबर्धनकोलागि सरकारी स्तरमा वि.सं.२०२३ असोज २३ गते नेपाल चिया विकास निगमको स्थापना भएको थियो ।
वि.सं. २०३९ सालमा तत्कालिन राजा वीरेन्द्र वीर विक्रम शाहदेवले पूर्वाञ्चलका ५ जिल्ला (झापा, धनकुटा, तेह्रथुम, पाचथर र इलाम) लाई चिया क्षेत्र घोषणा गरेका थिए । नीति निर्माण गर्दै प्राविधिक एवं व्यवस्थापकिय सहयोग गर्ने उद्देश्यका साथ अझबढी व्यापक र व्यावसायिक बनाउन वि.सं. २०५० जेष्ठ २० गते राष्ट्रिय चिया तथा कफी विकास बोर्डको स्थापना भएको छ ।

नगदे बालीको रुपमा तराइका समथर फाँटदेखि उच्च पहाडी भूभागसम्म लगाउन सकिने साथै नेपालमा चियाखेती योग्य जमीन प्रयाप्त भएकाले यो व्यावसायको भविष्य उज्वल देखिन्छ ।
पूर्वि पहाडको आठ जिल्लामा सिमित रहेको चियाखेती हाल आएर अन्य जिल्लाहरुमा प्रचुर सम्भावना सहित शुरु गरिएकोछ । नेपालका मूख्य उत्पादित चियाहरु सिटिसि, अर्थोडक्स र ग्रिन टि हुन् ।
व्यावसायिक चिया खेतीेको परिभाषा
व्यावसायिक चिया खेती सर्वेक्षण २०७४।७५ प्रयोजनको लागि व्यावसायिक चिया खेती भन्नाले अर्थोपार्जनका उदेश्यले कम्तीमा १ रोपनी क्षेत्रफलमा हरियो चिया पत्ती उत्पादन गरी बिक्री वितरण गर्ने कार्यलाई जनाउँदछ ।
अध्ययनको दायरा तथा क्षेत्रः
यस सर्वेक्षणमा नेपालभित्र व्यावसायिक चिया खेती गर्ने व्यावसायीहरूको जम्मा संख्या, चिया खेती गरिएको क्षेत्रफल तथा उत्पादन, बिक्री मूल्य, रोजगारी, तालिम, ऋण, चालु तथा पूँजीगत खर्च, भावी योजना, जलवायु परिवर्तन लगायत चिया खेतीसंग सम्बन्धित विविध पक्षहरु समेटिएको छ ।
सन्दर्भ अवधीः
व्यावसायिक चिया खेती सर्वेक्षण २०७४।७५ को लागि सन्दर्भ वर्ष भन्नाले मिति २०७४ वैशाख १ देखि २०७४ चैत्र मसान्तसम्म वा गत सिजनलाई मानिएको छ ।newsagro