Local Sandesh शनिबार, असोज ३ २०८३
  • ट्रेण्डिङ :

डिफेन्डिङ च्याम्पियन मानेभञ्ज्याङलाई हराउँदै आर्मी सेमिफाइनल प्रवेश

डिफेन्डिङ च्याम्पियन मानेभञ्ज्याङलाई हराउँदै आर्मी सेमिफाइनल प्रवेश

  • सन्देश सम्वाददाता
  • सोमबार, फाल्गुन १९ २०८१


डिफेन्डिङ च्याम्पियन मानेभञ्ज्याङलाई हराउँदै आर्मी सेमिफाइनल प्रवेश

इलाम । डिफेन्डिङ च्याम्पियन मानेभञ्ज्याङ फुटबल क्लब माथि ४–० गोल अन्तरको जित निकाल्दै विभागीय टिम त्रिभुवन आर्मी क्लब दोश्रो अन्तरराष्ट्रिय महिला गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ । इलामको ठुलो टुडिखेलमा जारी प्रतियोगितामा आर्मीलाई जित दिलाउन चन्द्रा भण्डारीले २ गोल तथा बिमला चौधरी र सुमित्रा योञ्जनले १/१ गोल गरे ।

पहिलो हाफकोे इन्जुरी समयमा विमला चौधरीको गोलबाट अग्रता लिएको थियो । चन्द्रा भण्डारीले खेलको ५७ र ७६औँ मिनेटमा गोल गरेकी हुन् । यस्तै खेलको ६९औँ मिनेटमा सुमित्रा योञ्जनले गोल गरेकी थिइन् । प्लेयर अफ दी म्याच आर्मीकी चन्द्रा भण्डारी घोषित भइन् ।

क्ल्ब ओएसिसले आयोजना गरेको गोल्डकपको अन्तिम क्वाटरफाइनल खेल भोलि सशस्त्र प्रहरीको एपिएफ एफसीले उत्तर प्रदेश राज्यको मदर टेरेसा एफसी भारतसँग प्रतिस्पर्धा गर्नेछ । गोल्डकपको विजेताले नगद ४ लाख र आकर्षक ट्रफी पाउँदा उपविजेताले नगद २ लाख पाउनेछ । । गोल्डकपको फाइनल खेल फागुन २४ गते हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार