Local Sandesh शनिबार, असोज ३ २०८३
  • ट्रेण्डिङ :

महिला गोल्डकप : पुलिस बिरुद्ध बागमतीले चौथो भेटमा जित निकाल्न सक्ला ?

महिला गोल्डकप : पुलिस बिरुद्ध बागमतीले चौथो भेटमा जित निकाल्न सक्ला ?

  • नमीन ढकाल
  • आइतबार, फाल्गुन १८ २०८१


महिला गोल्डकप : पुलिस बिरुद्ध बागमतीले चौथो भेटमा जित निकाल्न सक्ला ?

इलाम । दोश्रो अन्तराष्ट्रिय आमन्त्रण महिला गोल्डकपको दोश्रो क्वाटरफाइनल खेलमा बागमती युथ क्लब सर्लाही र नेपाल पुलिस भिड्दैछन् । इलामको मैदानमा यी दुई टोली पहिलो पटक भिड्न लागेका हुन् । पछिल्लो ६ महिना यता यी दुई टिमको चौथो पटक भेट हो । यसअघि ३ पटक महिला लिगमा आमनेसामने भएका थिए । जसमा २ खेल पुलिसले जित्दा १ खेल बराबरी भएको थियो ।

पुलिसले विगत १२ बर्ष यता पहिलो पटक इलामको मैदानमा आफ्नो महिला टिम उतार्दैछ । बागमती पहिलो पटक इलाम आएका हो । ठुलो टुडिखेलमा हुने प्रतियोगिता दुवै टिमका लागि प्रतिष्ठाको लडाई हुनेछ । यस अघि एन्फा महिला लिगमा यी दुई टिम आमनेसामने भएका थिए ।

पहिलो चरणको खेलमा नेपाल पुलिसले कप्तान निरु थापाको गोलबाट जित निकालेको थियो । लिगमा छैटौ स्थानमा रहेपनि बागमतीले दोश्रो चरणको खेलमा सहभागिताको मौका पाएको थियो । कोशी प्रदेशले सहभागिता नजानाउने भएपछि बागमतीले अवसर पाएको थियो ।

दोश्रो चरणमा पुजा राना र निरु थापाले गोल गर्दै जित दिलाए । एक खेलमा भने बागमतीले पुलिसलाई गोलरहित बराबरीमा रोकेको थियो । लिगमा सहभागिता जनाएका सबै खेलाडीहरु बागमतीको टिममा हुने छैनन् । बागमतीबाटै लिगमा सहभागि भएकी गोलरक्षक करुणा बुढाथोकीले इलाममा पदमा स्र्पोटिङ र सुजता तामाङले क्लब ओएसिसबाट खेलेका छन् ।

सविना चौधरीले समेत पदमा बाट खेलेकी छन् । बागमतीलाई नेपाली महिला फुटबलको हब रौतहटका युवा खेलाडीहरुको साथ हुनेछ । बागमतीले लिगमा सहभागिता जनाएका केही खेलाडी र अधिकांश खेलाडी चन्द्रपुर नगरपालिका रौतहटका लिएर मैदानमा उत्रिनेछ ।

बागमतीको टिममा नेपाली उमेर समुहका केही खेलाडीहरु रहेका छन् । नेपाल पुलिस क्ल्बले फोर नेशन कपमा सहभागिता जनाएकी गोलरक्षक उषा नाथ, डिफेन्डर पुजा राना, समिक्षा घिमिरे र अमृता जैशी सहित मैदान उत्रनेछ । गत माघमा सम्पन्न लिगमा आर्मीलाई पछि पार्दै पुलिस दोश्रो स्थानमा रहँदै समाप्त गरेको थियो ।

पुलिस क्लबमा लिगको पहिलो चरणमा सहभागिता जनाएकी दिपा न्यौपाने बाहेक सबै खेलाडी उपलब्ध हुनेछन् । नियमित प्रशिक्षण र सेट टिम भएको कारण पुलिस विरुद्ध बागमतीलाई जित निकाल्न कठिन बन्नेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार