इलाम । त्रिभुवन विश्वविद्यालयले आयोजना गरेको उपकुलपति कप २०८१ बृहत् खेलकुद प्रतियोगितामा इलामको महेन्द्र रत्न बहुमुखि क्याम्पसबाट सहभागि विद्यार्थीहरुले विभिन्न विधामा उपाधि प्राप्त गरेका छन् । आयोजनामा ६२ आङ्गिक क्याम्पहरूको सहभागिता रहेको थियो । जस अन्तरगत इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसबाट टेबलटेनिस , सट फुट , एथलेटिक्स १०० मिटर , २०० मिटर रनिङ गरेर ४ वटा खेलमा सहभागी भएको थियो ।
जसमा १ सय र २ सय मिटर फरकफरक दौडमा सुस्मिता लुइँटेलले तेश्रो स्थान हासिकल गरिन् भने सट्पुटमा दोस्रो स्थान प्राप्त गरेकी छन् । यसै गरी सट्फुटमा नै मन्जिता राईले तेस्रो स्थान हाँसिल गर्न सफल भएकी छन् । त्यस्तै छात्र तर्फ टेबलटेनिससिंगल तर्फ सञ्जोक तामाङ सेमिइनलमा सम्म पुग्न सफल भएका थिए भने टेबल टेनिस डबल तर्फ सञ्जोक तामाङ र सुदिप तामाङ ले सेमिफाईनल को चरण सम्म खेलका थिए । जीत हासिल गर्न नसके पनि बिना पूर्व तयारी नै यो चरण सम्म पुग्न ठूलो सफलता प्राप्त भएको महेन्द्र रत्न बहुमुखि क्याम्पसका स्ववियु सचिव राजेन्द्र लोहारले बताए ।
थप तस्बिरहरु :
