Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

इलाममा कोदोको उत्पादन घट्दै, खेतीमा किसानको आकर्षण घट्यो

इलाममा कोदोको उत्पादन घट्दै, खेतीमा किसानको आकर्षण घट्यो

  • सुजन तिमल्सिना
  • सोमबार, पौस १ २०८१


इलाममा कोदोको उत्पादन घट्दै, खेतीमा किसानको आकर्षण घट्यो

इलाम । स्वाधिष्ट खाध्य परिकार र स्थानीय मधिरा उत्पादनको कच्चापदार्थ कोदोको खेती इलाममा घट्दै गएको छ । नगदेवाली र तरकारीबालीको खेती बढेसँगै कोदोको खेती हरेक वर्ष घट्दै गएको हो ।
सन्दकपुर ४ की नरिमाया गुरुङ्गको परिवारले अहिले कोदो खेती गर्न छोडेको ७ वर्ष भयो । खाध्यबालीका रुपमा खेती हुँदै आएको कोदो गाउँमा एकै परिवारले ७ मुरीसम्म उत्पादन गर्थे । तर अहिले गाउँमा बोडी खेतीले कोदो रोप्ने बारी ढाकेको छ । १० वर्ष अघिसम्म पाटाबारीदेखि पाखाबारीसम्म कोदो रोपिने सन्दकपुर ३ को सुलुबुङ्गमा अहिले कोदो खेती न्युन छ ।
इलाममा अहिले फाट्टफुट्ट मात्रै कोदो खेती हुने गरेको छ । मेहनत कम र धेरै आम्दानी दिनसक्ने नगदेवालीमा किसानको आकर्षण बढेपछि कोदो खेती घट्दै गएको किसान रुद्रप्रसाद ढकालले बताउनुभयो । कोदो खाध्यबालीमा पर्छ । कुनैबेला किसानले वर्षभरि छाक टार्नका लागि कोदोको परिकार बनाउने चलन अहिले हटेको छ । नेपालीको भान्सामा धानको चामलका परिकार बढी प्रयोग हुन थालेसँगै गाउँमा कोदो खेती घटेको हो । कोदो आदिवासी जनजातिले स्थानीय मधिरा बनाउन कच्चापदार्थको रुपमा गर्छन् । तर मदिरा बनाउन प्रयोग हुने कोदो पनि भारतबाट आयात हुँदै आएको छ ।
कोदोको खेती घट्नुमा आयका वैकल्पिक श्रोत र खेतीमा श्रम बढी लाग्नु हो । खेती गर्दा धेरै श्रम गर्नुपर्ने र आम्दानी पनि कम हुने भएकाले किसान कोदो छोडेर अन्य बालीमा आकर्षित भएका छन् ।
किसानले तरकारी बालीमा पर्ने बोडी, सिबि, नगदेवाली अदुवा, अलैची, अम्रिसोको खेतीमा आकर्षित छन् । ६३ हजार २ सय ९७ हेक्टर खेतीयोग्य क्षेत्र रहेको इलाममा १ हजार ५ सय हेक्टर क्षेत्रफलमा मात्रै कोदो खेती हुँदै आएको कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार