करफोक । इलाम सदरमुकाम स्थापनाको २०० बर्ष पुगेको उपलक्ष्यमा आयोजित मैत्रीपुर्ण क्रिकेटमा इलाम टिमलाई ४२ रनले पराजित गर्दै दार्जिलिङ बिजयी भएको छ । करफोक खेलमैदानमा टस जितेर व्याटिङ थालेको पाहुना टिमले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १५४ रन बनाएको थियो । उस्का लागी बाप्पा लायकले ४४ रनको योगदान दिए । त्यसैगरी पुरन तामाङले २५, छोपेल भुटिया १८, सजल क्षेत्री १५ र महेश क्षेत्रीले ११ रनको योगदान दिए ।
इलामको तर्फबाट साहिल घिसिङले ३, दिपेन्द्र मगर र कप्तान अजुर्न पौडेलले समान १÷१ विकेट लिए । जवाफी व्याटिङमा उत्रिएको इलाम टिमले ११२ रनमात्र बनाउन सक्यो । उस्का लागी दिपेन्द्र मगरले ३६ र सुनिल मगरले १३ रन बनाउनु बाहेक अन्य ८ जना खेलाडीले दोहोरो स्कोर बनाउन नसक्दा उपविजेतामा सिमित रहनुप¥यो ।
दार्जिलिङका बाप्पा लायक र छोपेल भुटियाले समान ३÷३ विकेट लिए भने लाक्पा तामाङ र बिशाल तामाङले १÷१ विकेट लिए । बिजेता टिमका खेलाडीहरुलाई जिल्ला खेलकुद विकास समितीका उपाध्यक्ष दिपेश गुरुङले ट्रफी हस्तान्तरण गरे ।
प्रतियोगिताको ट्रफी प्रायोजक जुविलेन्ट इलाइट एकाडेमीका प्रिन्सिपल भुषण सुव्वालाई जिल्ला क्रिकेट संघले आजिवन सदस्यता प्रदान गरेको छ । प्रतियोगिताको म्यान अफ दि म्याच दार्जिलिङका बाप्पा लायक घोषित हुँदै ट्रफी प्राप्त गरे ।