Local Sandesh शनिबार, असोज ३ २०८३
  • ट्रेण्डिङ :

फुटबलबाट गाउँ जोड्दै बेलायतबासी नेपाली

फुटबलबाट गाउँ जोड्दै बेलायतबासी नेपाली

  • सन्देश सम्बाददाता
  • बिहिबार, मंसिर १३ २०८१


फुटबलबाट गाउँ जोड्दै बेलायतबासी नेपाली

इलाम । बेलायतमा सेवारत नेपालीहरुले फुटबलको माध्यमबाट आफ्नो जन्मभुमी जोड्ने अभिया थालेका छन् । पूर्वी नेपालका विभिन्न जिल्ला स्थायी घर भई बेलायतमा रोजगारी गर्दै आएका नेपाली युवाहरुले भेट्रान्स फुटलबलको माध्यमबाट नेपालमा सामाजिक सेवा गर्दै आएका हुन् ।
नेपाली फुटबलमा योगदान दिएका लोकबन्धु गुरुङ्गले यस वर्ष आफ्नो गाउँमै आएर भेट्रान्सको टिमबाट प्रतिस्पर्धा गरे । नेपाली फुटबलको पूर्व क्याप्टेन गुरुङ्ग बेलायतमा बस्छन् । लोकबन्धुसँगै बेलायतमा रहेका नेपालीहरुको टिमले सन्दकपुर ५ को खेलमैदान बनाउन आर्थिक सहयोग पनि गर्यो ।
क्लासिक डिफेन्डरको छवि बनाएका लोकबन्धु गुरुङ, छिरिङ गुरुङ हुँदै राष्ट्रिय लिगका उत्कृष्ट दर्शन गुरुङले फुटबल सिकेको खेलमैदान सन्दकपुर कै हुन् । सेभेन साइड मैदानबाट फुटबल जगतमा उठेका उनीहरुको गाउँमा ११ जना खेल्न मिल्ने फुटबल मैदान निर्माणमा बेलायतबाट १४ लाख बढी सहयोग जुटाएका छन् ।
सन्दकपुर गाउँपालिका ५ को गजाधर धनमाया रङ्गशाला निर्माणमा बेलायतमा बस्ने इलाम समाज बेलायतको इलाम फुटबल क्लब सहयोग जुटाएको हो । खेलमैदानको स्तरउन्नती गर्न इलाम समाजले बेलायतमा सहयोग अभियान चलाएको थियो ।
१ लाख बराबरको १५ तोला चाँधि जडित रनिङ ट्रफि र १४ लाख ५ हजार २ सय ५० रुपैयाँ इलाम फुटबल क्लब बेलायतले सहयोग गरेको गजेन्द्र गुरुङ्गले बताए ।
इलाम समाज बेलायतको इलाम फुटबल क्लब हरेक वर्ष भेट्रान्स फुटबल खेल्न नेपाल आउँछ र आर्थिक सहयोग गर्छ । यो क्लबमा नेपाली राष्ट्रिय टिमका पूर्व खेलाडी र बेलायत आर्मीमा सेवारत धैरै छन् । क्लब काठमाडौँ, पोखरामा यस अघि नै भेट्रान्स फुटबल प्रतियोगितामा सहभागि भई सहयोग हस्तान्तरण गरेको थियो । ७ वर्ष अघिबाट शुरु भएको नेपाल जोड्ने अभियानले निरन्तरता पाउने क्लबका चोक गुरुङ्गले बताए ।
बेलायतमा सेवारत भएपनि जन्मभुमी नेपालसँगै निरन्तर जोडिने र सेवा गर्ने उदेश्य क्लबको छ । क्लब यो वर्ष इलामको सुन्दकपुर ५ को जुमना र धनकुटाको राजारानीमा भेट्रान्स फुटबल प्रतियोगितामा सहभागि भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार