इलाम । होटल व्यवसायी महासंघ कोशी प्रदेशको अध्यक्षमा राजेन्द्र दंगाल चयन भएका छन् । इलाममा सम्पन्न होटल व्यवसायी महासंघ, कोशी प्रदेश समितिको दोस्रो अधिवेशनले दंगाललाई दोस्रो कार्यकालका लागि निर्वाचित गरेको हो । त्यसैगरी बरिष्ठ उपाध्यक्षमा महेन्द्र ढुङ्गाना, उपाध्यक्षमा गोविन्द थापा, जेबी राई र राजन प्रधान चयन भएका हुन् । त्यसैगरी बासुदेव बराल चयन भएका हुन् ।
त्यसैगरि सचिवमा प्रेम बास्कोटा, खिलकुमार सुवेदी र लालबहादूर श्रेष्ठ चयन भएका हुन् । महासंघको कोषध्यक्षमा इन्दिरा श्रेष्ठ चयन भएकी छन् । त्यसैगरी सदस्यहरुमा पुनम थापा मगर, वेदप्रकाश दाहाल, रेवती रमण दाहाल, रविन्द्र अधिकारी, विजयराज प्रसाई, डिल्लिकुमारी ओझा, इन्द्र नारायण भट्टराई, नन्दकुमार बानीया, केशव गिरि, ममता राई, प्रकाश चापागाई, उमानाथा हादाल, जयप्रसाद उपाध्याय र नर्बु लामा चयन भएका छन् ।
मुख्यमन्त्रीहरू सिंहदरबारविरुद्ध एकमत : ‘खुट्टा बाँधेर दौड भनेजस्तो भयो, अधिकार नदिएर संघीयता बलियो बन्दैन’