Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

राष्ट्रपति रनिङ शिल्डको उसुमा जुविलियन्ट पहिलो

राष्ट्रपति रनिङ शिल्डको उसुमा जुविलियन्ट पहिलो

  • सन्देश सम्वाददाता
  • मंगलबार, चैत्र २७ २०७४


राष्ट्रपति रनिङ शिल्डको उसुमा जुविलियन्ट पहिलो

इलाम,।   इलाम सदरमुकाममा संचालन भईरहेको १० औ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्र्तगत मार्सल आर्ट तर्फको उसु खेलमा जविलियन्ट इलाईट एकाडेमी पहिलो भएको छ । उसले उसुका तीन वटा विधा अन्र्तगत सबै विधाको छात्रातर्फ पहिलो भएको छ ।

थाईची छ्वान विधाको छात्रातर्फ जुविलियन्टकी सोफिया आङदाम्बे र छात्रतर्फ ज्योति सदन माध्यमिक विद्यालयका प्रविन राई पहिलो भए । त्यस्तै नानछ्वाङ विधा तर्फ जुविलियन्टकै आयुसा आङदाम्बे र छात्र तर्फ माउण्ट मेची माध्यमिक विद्यालयका मौसम गुरुङ पहिलो भए भने छाङछुवाङ विधामा छात्रा तथा छात्र दुवैमा जुविलियन्ट पहिलो भयो ।

छात्रातर्फ इक्सा लङवा र छात्रतर्फ नविन राई पहिलो भएका हुन् । यसरी जुविलियन्ट इलाइट एकाडेमी पहिलो, आर्दश माध्यमिक विद्यालय दोस्रो र माउण्ट मेची माध्यमिक विद्यालय तेस्रो भएको जिल्ला उसु संघका अध्यक्ष भीम पौड्ेलले जानकारी दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार