Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

मातृभाषा काव्य गोष्ठी २०८१ इलाममा सम्पन्न (तस्बिरहरु)

मातृभाषा काव्य गोष्ठी २०८१ इलाममा सम्पन्न (तस्बिरहरु)

  • सन्देश सम्बाददाता
  • बिहिबार, कार्तिक २२ २०८१


मातृभाषा काव्य गोष्ठी २०८१ इलाममा सम्पन्न (तस्बिरहरु)

इलाम  । मातृभाषा काव्य गोष्ठी २०८१ बिहिबार इलाममा सम्पन्न भएको छ । इलाम नगर साहित्य कला प्रतिष्ठान र इलाम साहित्य समाजले आयोजना गरेको कार्यक्रममा विभिन्न मातृभाषामा कविता वाचन भएको थियो । नेपाल प्रज्ञा प्रतिष्ठानको सहकार्यमा भएको कार्यक्रममा प्रदेशमा मातृभाषा साहित्यको अवस्थाको बारेमा साहित्यकार मधु केरुङले कार्यपत्र प्रस्तुत गरे । प्रस्तुत कार्यपत्रका बारेमा अधिबक्ता यामप्रसाद लिम्बु र उपप्राध्यापक दिपक लुङ्गेलीले पुरक विचार राखे ।

नेपाल प्रज्ञा प्रतिष्ठान मातृभाषा साहित्य विभाग प्रमुख राजन मुकारुङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मातृभाषा साहित्यका विषयमा इतिहासकार अग्रज युद्धप्रसाद बैद्य, प्रज्ञा मुनाराज सेर्मा, देवी क्षेत्री दुलाल, सुमित्रा वाङ्देल चेली लगायले बोलेका थिए ।

नेपाल सम्बत १४४५ र छठ पर्वको शुभकामना सहित गरिएको गोष्ठीमा लिम्बू, बान्तवा, सेर्पा, मगर, सुनुवार ,याख्खा र नेपाली भाषामा रचना वाचन भएको थियो । कवि अभागी थेगुवा, महेन्द्र विरही, सोम सुनुवार, दिपक लुङ्गेली, हेमराज लिम्बू लगायत स्रष्टाले रचना सुनाएका थिए ।

इलाम साहित्य समाजको अध्यक्ष शुरेन्द्र राईको अध्यक्षतामा भएको कार्यक्रममा इलाम नगर साहित्य कला प्रतिष्ठानका अध्यक्ष प्रकाश थाम्सुहाङले स्वागत गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार