Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

बैंकर्स क्लब इलाम अध्यक्षमा अम्बिक ढकाल चयन

बैंकर्स क्लब इलाम अध्यक्षमा अम्बिक ढकाल चयन

  • सन्देश सम्बाददाता
  • सोमबार, भाद्र २४ २०८१


बैंकर्स क्लब इलाम अध्यक्षमा अम्बिक ढकाल चयन

इलाम । इलामको बैंकर्स क्लबको अध्यक्षमा अम्बिक ढकाल चयन भएका छन । ज्वोती बिकाश बैंक इलामका शाखा प्रमुखका रुपमा कार्यरत ढकाल दोस्रो अधिवेशन मार्फत चयन भएका हुन ।

सोमबार चयन भएको नयाँ कार्य समितिको उपाध्यक्षमा नबिल बैकका शाखा प्रमुख रन्जन नेपाल , सचिवमा युनाईटेड इन्स्याेरेन्स शाखा प्रवन्धक टीकाराम पुरी, सह सचिवमा प्रभु बैंक इलाम शाखाका राजेश गौतम र कोषाध्यक्षमा नेपाल एसबीआई बैंकका मिलन श्रेष्ठ चयन भएका छन् ।

यस्तै सदस्यहरुमा इन्द्र कार्की र राजु धिमाल रहेका छन भने सल्लाहकारमा सुर्य अधिकारी,राजेन्द्र तिमिल्सिना र सुवाश भट्टराई छन । इलाममा रहेका बैंक तथा वित्तिय संस्थाहरुमा कार्यरतहरुले गठन गरेको बैंकर्स क्लबले इलाममा विभिन्न सामाजिक कामहरु गर्दै आएको सचिव टीकाराम पुरीले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार