Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

गरिबि निवारणका लागि लघु उद्यम विकास कार्यक्रमको अनुगमन शूरु

गरिबि निवारणका लागि लघु उद्यम विकास कार्यक्रमको अनुगमन शूरु

  • सन्देश सम्बाददाता
  • बिहिबार, चैत्र ८ २०७४


गरिबि निवारणका लागि लघु उद्यम विकास कार्यक्रमको अनुगमन शूरु

इलाम । ग्रामीण क्षेत्रमा कच्चापदार्थको उपयोगसँगै उद्योग स्थापना गरि रोजगारका अवसर सिर्जना गर्ने गरिबि निवारणका लागि लघु उद्यम विकास कार्यक्रम मेड्पाको कार्यक्रमको अनुगमन शुरु भएको छ । नेपाल सरकार उद्योग मन्त्रालयले घरेलु तथा साना उद्योग विकास समिति मार्फत सेवा प्रदायक संस्था छनौट गरि संचालन गरेको सो कार्यक्रमको इलाममा अनुगमन शुरु गरेको हो ।
१० वटा स्थानीय तहमध्ये इलामका ९ स्थानीय तहमा संचालन हुँदै आएको मेड्पा कार्यक्रमको जिल्ला समन्वय समितिको संयोजकत्वमा घरेलु तथा साना उद्योग विकास समितिका कर्मचारी र पत्रकारसहितको टोलीले अनुगमन शुरु गरेको छ । सुनसरीको इटहरी एक्टिम नेपालले संचालन गर्दै आएको गरिबि निवारणका लागि लघु उद्यम विकास कार्यक्रमको अनुगमन इलामको रोङ गाउँपालिका स्थित जिर्र्मेबाट शुरु भएको घरेलु तथा साना उद्योग अधिकृतका प्रमुख उद्योग अधिकृत सत्यनारायण राईले बताए ।


जिल्ला समन्वय समिति इलामका योजना अधिकृत तेजेन्द्र चापागाईको संयोजकत्वमा रहेको अनुगमन टोलीमा प्रमुख उद्योग अधिकृत सत्यनारायण राई, उद्योग अधिकृत रुलबहादूर आले, एक्टिभ नेपालका राजकुमार धिताल, नेपाल टेलिभिजनका पत्रकार तथा संचार उद्यमी सुजन तिमसिना र चियाबारी दैनिकका प्रकाशक राजेश पराजुली रहेका छन् । रोङ गाउँपालिकाबाट शुरु भएको अनुगमनको पहिलो चरणमा चुलाचुली, माङ्सेबुङ्ग गाउँपालिका र माई नगरपालिकाको कार्यक्रम र सीपमुलक तालिममा सहभागिसँग अन्तरक्रिया गरिदैँ आएको छ । गरिबि निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तरगत इलाम नगरपालिकाको वडा नम्बर ४ को बरबोटे, माई नगरपालिका वडा नम्बर ५ स्थित खरबनी, चुलाचुली गाउँपालिकाको वडा नम्बर ४ स्थित पेल्टिमारी, मोङसेबुङ्ग गाउँपालिकाको वडा नम्बर ४ स्थित मार्चेबुङ्गमा कार्यक्रम संचालन भइरहेको छ ।


यसैगरी सूर्योदय नगरपालिका स्थित ९ र १०, सन्दकपुर गाउँपालिका स्थित १, २ र ३ वडा नम्बर, माईजोगमाई गाउँपालिकाको वडा नम्बर ४ स्थित नामसालिङ्ग, देउमाई नगरपालिका वडा नम्बर ८ मा, रोङ गाउँपालिका ६ स्थित जिर्मलेमा यो कार्यक्रम संचालन भइरहेको छ ।

एक सय ९० जना नयाँ उद्यमी सिर्जना गर्ने र एक सय ५० जना उद्यमीलाई स्तरउन्नती गर्ने लक्ष्य रहेको कार्यक्रम अन्तरगत युवायुवीतलाई सहभागि गरि सामाजिक परिचालन, उद्यमशिलता विकास तालिम, सीप विकास तालिम, वित्तिय संस्थामा पहुँज, उपयुक्त प्रविधि पहुँज र बजारीकरणमा सहयोग गरिँदै आएको छ । यो कार्यक्रम अन्तरगत तालिम लिएका युवायुवतीलाई पाँच लाख पुँजी भएको लघु उद्योग घरेलु तथा साना उद्योग विकास समितिले निःशुल्क रुपमा दर्ता गर्दै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार