करफोक । प्रथम सुर्योदय मेयरकप फुटबल प्रतियोगिता अन्र्तगत आज फिदिम नगरपालिका र विर्तामोड नगरपालिकाबिच प्रतिस्पर्धा हुँदैछ । गत फाल्गुन १९ गतेदेखी करफोक खेलमैदानमा जारी प्रतियोगिताको खेल ३ बजेदेखी सुरु हुनेछन ।
मेची अञ्चलका ११ नगरपालिकाको सहभागिता रहेको मेयरकपको बिजेताले नगद १ लाख २५ हजार र उपबिजेताले ८५ हजार प्राप्त गर्नेछ । नगरहरुविच मैत्रीभाव बढाउने उद्धेश्यका साथ संचालित प्रतियोगिताको सोमबारको खेलमा मेचीनगर नगरपालिका बिजयी बन्दै क्वाटरयात्रा तय गरेको छ ।
उस्ले भद्रपुरको चुनौँती ट्राइवेकरमा ४–३ ले पन्छाउदै क्वाटरफाइलन प्रवेश गरेको हो ।