काठमाडौँ । राष्ट्रिय कृषक समूह महासंघ नेपालका देशैभरिका तहगत संरचनाका महिला नेतृत्वहरुको सहभागितामा महिला किसान नेतृत्व विकास सम्मेलन सम्पन्न भएको छ । महिला किसान नेतृत्व विकास सम्मेलन चैत्र ८ र ९ दुई दिन आयोजना भएको थियो । महासंघको भिएस ओ नेपाल र केयर नेपालसंगको सहकार्यमा महिला किसान नेतृत्व विकास सम्मेलन सम्पन्न भएको हो ।
सम्मेलनले महिला किसानको सवाललाई संस्थागत अगुवाइ गर्दै कृषिमा भएको महिलाकरणलाई उद्यमशीलतामा रुपान्तरण गर्ने वातावरणको अगुवाई गर्न महासंघको तहगत संरचनालई सशक्त र गतिशील बनाउन महासंघको संरचना भित्र महिला किसान मञ्च परिचालन गरी अगाडी बढ्ने संकल्प गरेको महासंघकी कोशी प्रदेश अध्यक्ष कुसुम दाहालले बताइन् ।