विराटनगर । स्थनीय तहका कृषि प्राविधिकहरुसँगको अन्तरक्रिया विराटनगरमा सम्पन्न भएको छ । कोशी प्रदेश सरकारको कृषि विकास निर्देशनालयको आयोजनामा भोजपुर ताप्लेजुङ तेह्रथुम र धनकुटाका स्थानीय तहका कृषि प्राविधिकहरुसँगको अनतरक्रिया सम्पन्न भएको हो । अन्तरक्रियामा स्थानीय तहको कृषि विकास शाखाबाट संचालन कार्यक्रहरुको बारेमा छलफल भएको थियो ।
छलफलका क्रममा कार्यक्रम संचालन गर्दा आइपरेका समस्या, चुनौती र त्यसको समाधानका लागि गर्न सकिने उपाहाहरुको बारेमा अन्तरक्रिया भएको निर्देशनालयका टोनी बर्देवाले बताए । कार्र्यक्रममा तीनै तहका सरकारी निकायबिच क्षेत्रगत रुपमा गर्न सकिने समन्वय, सहकार्य र प्रविधि हस्तान्तरणबारे छलफल भएको थियो । कार्यक्रममा कृषि विकास निर्देशनालयले अहिलेसम्म गरेको प्रगति, कार्यक्रम संचालन तथा कार्यान्वयनका उपलब्धि, निर्देशनालयबाट संचालित बिउ बिजन उत्पादन र गुणस्तर सम्बन्धि जानकारी, एशियाली विकास बैंकबाट संचालित सहुलियतपूर्ण ऋण र अनुदानमा संचालित पहाडी क्षेत्र फलफुल विकास आयोजना सम्बन्धि जानकारी दिइएको थियो ।
कृषि विकास निर्देशनालय कोशी प्रदेशका निर्देशक प्रकाशकुमार डाँडीको अध्यक्षतामा भएको कार्यक्रममा, उद्योग, कृषि तथा सहकारी मन्त्रालय योजना महाशाखा प्रमुख पुशपति पोखरेल, पशुपक्षि तथा मत्स्य विकास निर्देशनालयका निर्देशक पशुपति ढुङ्गानाको आथित्यता रहेको कार्यक्रममा कृषि विकास निर्देशनालय कोशी प्रदेशका निर्देशक प्रकाशकुमार डाँडीले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा उद्योग, कृषि तथा सहकारी मन्त्रालय योजना महाशाखा प्रमुख पुशपति पोखरेल, पशुपक्षि तथा मत्स्य विकास निर्देशनालयका निर्देशक पशुपति ढुङ्गानाले अनुदानका प्रकार, अनुदान वितरण प्रणालीलाई अझ प्रभावकारी बनाउने बिषयमा जानकारी दिएका थिए ।