Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

भाेलीबाट माई नगरपालिकामा यु-२० राष्ट्रिय रग्वी

भाेलीबाट माई नगरपालिकामा यु-२० राष्ट्रिय रग्वी

  • राेशन काफ्ले
  • बिहिबार, जेष्ठ २५ २०८०


भाेलीबाट माई नगरपालिकामा यु-२० राष्ट्रिय रग्वी

इलाम । इलामकाे माई नगरपालिका-४ शुक्रबारे खेलमैदानमा भाेली शुक्रबार देखि राष्ट्रिय यु-२० रग्वी सेभेन्स महिला तथा पुरूष रग्वी सुरू हुँदैछ । नेपाल रग्वि संघको आयोजनामा भएको प्रतियोगिता प्रदेश रग्वी संघ जिल्ला रग्वी संघ इलाम र माई नगरपालिकाको सहजिकरणमा भएकाे प्रतियोगितामा महिला र पुरूषकाे ५/५ टिम सहभागी छन् ।
झापाको बिर्तामोडमा आज आयोजित पत्रकार सम्मेलन आयाेजना गरि प्रतियोगिता बारे जानकारी गराइएकाे हाे ।
ड्र सार्बजनिक गर्दै नेपाल रग्बी संघ प्रशासन प्रमुख बासुदेब घिमिरेले प्रतियोगितामा ४ वटा प्रदेश तथा एउटा राष्ट्रिय टिमले सहभागी जनाउने छन ।
प्रतियाेगितामा काेशी प्रदेशबाट कटारी रग्वी क्लब, मधेस प्रदेशबाट बर्दिबास रग्वी क्लब, बागमती प्रदेशबाट हेटाैडा रगर्स, कर्णाली प्रदेशबाट कर्णाली रग्वी क्लब र राष्ट्रिय क्लब हिमालयन टाईगर रग्वी सहभागी छन् ।।
आज सार्वजनिक गरिएकाे ड्र अनुसार पुरूष तर्फ समूह ए मा कर्णाली, बर्दिबास र कटारी छन् । समूह बी मा हिमालयन र हेटाैडा छन् । महिला तर्फ समूह ए मा बर्दिबास, कटारी र कर्णाली छन् । समूह बी मा हेटाैडा र हिमालयन रहेका छन् । प्रत्येक समुहका शिर्ष २ टाेलीले सेमिफाइनल खेल्नेछन् ।
शनिवार सम्पन्न हुने फाइनल खेलको बिजेताले नगद ५० हजार रुपैयाँ र उपविजेताले ३० हजार नगद, ट्रफी र प्रमाणपत्र पदान गरिने रग्वि संघ कोशी प्रदेश अध्यक्ष बिनोद कटुवालले जानकारी दिए ।
प्रतियाेगिता सम्पन्न गर्न करिब १४ लाख रूपैया अनुमानित खर्च लाग्ने नेपाल रग्वी बिकास प्रबन्धक बिराज काफ्लेले बताए । प्रतियोगिताबाट आगामी अगष्टमा हुने यु-२० एसिया रग्वी सेभेन्सकाे लागि नेपाली टिम छनाैट हुनेछ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार