उद्योगमा आधुनिक प्रविधि हस्तान्तारण कार्यक्रम अन्तरगत इलामका ४१ उद्योगलाई आधुनिक प्रविधि हस्तान्तरण गरिएको छ । ग्रामीण क्षेत्रमा उद्योग स्थापना गरि रोजगारी सिर्जना गर्ने लघु, घरेलु र साना उद्योगलाई प्रोत्साहन स्वरुप घरेलु तथा सना उद्योग विकास समितिले प्रविधि हस्तास्तरण गरेको हो ।
दुग्ध परिकार, अदुवा प्रशोधन, बेकरी, कृषि फर्म, चिया उद्योग, ढाका उद्योगलाई ८० प्रतिशत अनुदानमा उद्योगमा आवश्यक मेसिन औजर प्रदान गरिको उद्योग विकास समिति इलामका प्रमुख नविन कुमार पौडेलले बताउनुभयो ।
उद्योग मन्त्रालयको उपयुक्त प्रविधि हस्तान्तरण कार्यक्रम अन्तरगत २६ लाख ७५ हजार बराबरको उद्योगीलाई मेसिन औजर प्रदान गरिएको हो । इलाममा ३१ सय घरेलु तथा साना उद्योगहरु दर्ता भई संचालनमा रहेको छन् ।