Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

कृषि मन्त्री प्रस्तावित कृषि सामाग्री संकलन केन्द्र अवलोकन

कृषि मन्त्री प्रस्तावित कृषि सामाग्री संकलन केन्द्र अवलोकन

  • गोपाल गिरी
  • शुक्रबार, असार १० २०७९


कृषि मन्त्री प्रस्तावित कृषि सामाग्री संकलन केन्द्र अवलोकन

कन्याम। प्रदेश १का कृषि मन्त्री झलकसिहं दर्लामी सन्देशले आज कन्याममा प्रस्तावित कृषि सामाग्री संकलन तथा विक्री केन्द्रको अवलोकन गरेका छन्।कन्याममा २६करोड को लागतमा निर्माण हुन लागेको टि टेस्टिङ केन्द्र को अवलोकन कार्यक्रम रहे पनि कन्याम क्षेत्रमा उत्पादन भएको कृषि जन्य सामाग्री संकलन तथा बिक्री केन्द्र निर्माण सम्वन्धी जनस्तर बाट आवाज उठे पछि सुर्योदय ६ कन्याम त्यसको निर्माण प्रस्ताव गरिएको छ।
मन्त्री दलार्मीले प्रस्तावित कृषि सामाग्री संकलन तथा विक्री केन्द्र को निर्माण गरिने क्षेत्र को अवलोकन गर्दै गर्न सकिने जवाफ दिएको स्थानीय पार्टी कार्यकर्ता सौरभ आचार्यले बताए ।
कन्याम क्षेत्र चियाको लागि प्रसिद्ध भए पनि यहाँ उत्पादन हुने कृषि जन्य सामाग्री हरुले पनि राम्रो बजार भाउ पाउने गरेको छ।सिजन अनुसारको कृषि जन्य सामाग्री नजिकैको हर्कटे बजारमा , कन्याममा अवस्थित पिकनिक स्पट परिसरमा लगेर विक्री गर्ने गरेका कृषकहरुले आय आर्जनको राम्रो विकल्प को रुपमा रहेको छ भने ठूलो परिमाणमा उत्पादित कृषि सामाग्री तराईका बजारमा लगेर समेत विक्री गर्ने गरेका छन् ।

प्रस्तावित कृषि संकलन केन्द्र निर्माण भए यश क्षेत्रका कृषक, व्यापारी लाभान्वित हुने अवलोकन भ्रमण कार्यक्रम मा सहभागी माओवादी केन्द्र सुर्य‍ोदय नगरकमिटि अध्यक्ष सदिप तामाङ अग्निले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार