इलाम । इलामको माइजोगमाइ गाउँपालिमा आर्थिक बर्ष ०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत भएको छ । माईजोगमाई गाउपालिका प्रमुख कुश बहादुर थेवेले आर्थिक बर्ष २०७९र८० को नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । नीति तथा कार्यक्रम अन्तर्गत कृषि तथा पशुपंक्षी विकास नीति वातावरण संरक्षण नीति , विपद व्यबस्थापन नीति ,भौतिक तथा पुर्वाधार विकास , सडक तथा यातायात , खानेपानी तथा सरसफाई , विधुतिय तथा वैकल्पिक उर्जा सम्बन्धि ,वस्ती विकास तथा भूकम्प प्रतिरोधी भवन निर्माण नीति निर्माण गर्ने गाउँपालिकाको योजना छ ।

शिक्षा युवा तथा खेलकुद नीति ,स्वास्थ्य सम्बन्धि नीति, उधोग पर्यटन प्रवर्द्धन तथा संस्कृति सम्बन्धि नीति ,सूचना संचार तथा प्रविधी बिकास नीति ,महिला सम्बन्धि नीति , बालबालिका सम्बन्धी नीति ,आदिवासी जनजाती दलित अपांग तथा जेष्ठ नागरिक सम्बन्धि नीति लगायत अन्य गरि जम्मा २३ वटा विषयमा गाउपालिका अध्यक्ष थेवेले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
सूचना तथा संचार अंतर्गत रेडियो अनलाईन मिडिया तथा अन्य सूचनाको हकमा भने कुनै नीति तथा कार्यक्रम गाउपालिकाले ल्याएको छैन । त्यस्तै गाउपालिकाको आगामी २०७९र ८० को ५३ करोड ११ लाख ८१ हजार बजेट माईजोगमाई गाउपालिका उपाध्यक्ष प्रविना राईले प्रस्तुत गरिन् ।


