Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

लिभरपुलमाथि आर्सनलको दबाब

लिभरपुलमाथि आर्सनलको दबाब

  • लोकल सन्देश
  • आइतबार, बैशाख ३१ २०७४


लिभरपुलमाथि आर्सनलको दबाब

काठमाडौं । इङलिस प्रिमियर लिगमा आर्सनलले शनिबार राति स्टोक सिटीलाई ४–१ ले हरायो । यो जितसँगै आर्सनलले चौथो स्थान हासिल गर्ने दौडमा लिभरपुलमाथि दबाब सिर्जना गर्न सफल रह्यो ।

आर्सनलको जितमा ओलिभर जिरोडले दुई तथा एलेक्स सान्चेज र मेसुट ओजिलले एक एक गोल गरे । यो जितपछि आर्सनलको ३६ खेलबाट ६९ अंक भएको छ र पाँचौं स्थानमा छ ।

लिभरपुल भने ७० अंकमा एक स्थान माथि छ । शनिबार रातिका अन्य खेलमा म्यानचेस्टर सिटीले लेस्टरलाई २–१, बर्नमाउथले बनर्लीलाई २–१, साउथह्याम्पटनले मिडल्सब्रोलाई २–१ तथा स्वान्सी सिटीले सन्डरल्यान्डलाई २–० ले हरायो ।

प्रतिक्रिया
सम्बन्धित समाचार