शिवसताक्षी : झिलझिलेमा जारी दोस्रो टुर्वोग सताक्षी गोल्डकपमा त्रिभुवन आर्मी क्लब जीतसंगै सेमीफाइनल प्रवेश गरेको छ । उसले अर्को विभागीय टीम एपीएफलाई ३–२ को गोल अन्तरले हराएको हो ।
अति नै प्रतिष्र्धात्मक बनेको खेलको २५औं मिनेटमा अन्जन विष्टले पेनाल्टी मार्फत गोल गर्दै एपिएफलाई अग्रता दिलाएका थिए । डिबक्सभित्र आर्मीका जर्सी नं. २९ का खेलाडी बिमल पाण्डेले फाउल खेलेपछि एपिएफले पेनाल्टी पाएको थियो । जसलाई अन्जनले कुनै गल्ती नगरी पोष्टको दिशा दिए ।
पहिलो रोजाइका खेलाडी सहित मैदानमा उत्रेको आर्मीले ३२औं मिनेटमा गोल गर्दै खेललाई बराबरी ल्याएको थियो । आर्मीका लागी जर्सी नं ३० का जजप्रिन्स कार्कीले बरावरी गोल फर्काए । एपीएफका रमेश दंगालले आर्मीका भरत खवासलाई फाउल गरेपछि पाएको फ्रि किकको सदुपयोग गर्दै कार्कीले गोल गरेका थिए । जसलाई एपीएफका राजु नगरकोटीले कुनै जज गर्न सकेनन् ।
त्यसको लगत्तै पुनः एपीएफले खेलको ३९औं मिनेटमा जर्सी नं. ११ का खेलाडी नबिन लामाको क्रसमा श्याम नेपालीले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए । हाफ टाइमसम्म २–१ ले पछि परेको आर्मीले हाफ टाइमपछि रणनीति फेरेको थियो । जस अन्तर्गत आर्मीका तर्फबाट ५५औं मिनेटमा जर्सी नं. ३ का विवेक बस्नेतको कर्नरको सदुपयोग गर्दै जर्सी नं. १७ का सुमन अर्यालले हेड मार्फत गोल गर्दै आफ्नो टीमलाई बराबरीमा पु¥याएका थिए भने ६७औं मिनेटमा जर्ज प्रिन्सको पासलाई सदुपयोग गर्दै जर्सी नं. १६ का खेलाडी दीप लामाले गोल गर्दै आफ्नो टीमको जीत सुनिश्चित गराएका थिए ।
खेलमा नवयुग श्रेष्ठ, भरत खवासले फिक्का देखिएका थिए । खेलको म्यान अफ म्याच आर्मीका जर्ज प्रिन्स कार्की घोषित भए । आइतबार हुने दोस्रो क्वाटर फाइनल खेल अग्नी रुपन्देही ११ विरुद्ध मनाङ मस्र्याङदी क्लबबीच हुनेछ । एपिएफलाई पराजित गर्दै सेमीफाइनलको यात्रा तय गरेको आर्मीले फाइनल प्रवेशका लागी घरेलु टोली झापा–११ संग प्रतिस्पर्धा गर्नेछ । झापाले पोखरा–११ माथी ५–० को जित दर्ता गर्दै सेमीफाइनलको यात्रा तय गरेको हो ।